प्रदेश ७को सम्वृद्धिका लागि विवेकशील साझाको ११ बुँदे माग

प्रदेश ७को सम्वृद्धिका लागि विवेकशील साझाको ११ बुँदे माग
+
-

विवेकशील साझा पार्टीले प्रदेश नम्बर ७ को विकास र सम्वृद्धिका लागि ११ बुदे मागहरु सहितको ज्ञापनपत्र प्रदेश ७ सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बुझाएको छ।

भारतसँग जोड्ने गौरीफन्टा नाका र बझाङको चैनपुर हुदै चिनसँग जोड्ने ताक्लाकोट नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा विकास गर्नुपर्ने लगायतका ११ बुदे मागहरु सहितको ज्ञापन पत्र मुख्यमन्त्री त्रिलोचन भट्ट सहित अन्य मन्त्रीहरुलाई बुझाईएको हो।

विवेकशील साझा पार्टीका प्रदेश संयोजक गोपाल हमाल लगायतका नेता कार्यकर्ताहरुले मन्त्री परिषदको कार्यालयमै पुगेर ज्ञापनपज्ञ बुझाएका हुन्।

गौरीफन्टा र ताक्लाकोट नाकालाई अन्तराष्ट्रिय नाका बनाउनुपर्ने, खुटिया दिपायल दु्रत मार्ग, सेती लोकमार्ग र महाकाली लोकमार्ग निमार्ण समयमै सम्पन्‍न गर्नुपर्ने, दोधारा चादनीमा सुख्खा बन्दरगाह निमार्ण गर्नुपर्ने, लगायतका ११ बुदे मागहरु प्रदेश सरकारलाई बझाईएको हो।

यस्तै जिल्ला अस्पतालहरुको स्तरोन्नती, बैतडी र दार्चुलामा भारतसंग जोड्ने पुलको निमार्ण, पर्यटकिय क्षेत्रमा आकर्षण बढाउन निजि क्षेत्रलाई लगानीमैत्री वातावरण बनाई ५० बर्षसम्म निशुल्क जग्गा, सहज कर्जा सुबिधा र आयकर छुटको निति लागु गर्न माग गरिएको छ। ५ बर्षमा पुरा गर्न सकिने आयोजनाहरु निमार्ण सम्पन्न गर्न ज्ञापन बुझाएको विवेकशील साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालले बताए।

योसँगै बिशेष औधोगीक क्षेत्र स्थापना गरी औधोगीक प्याकेजको व्यवस्था गर्न, पश्चिम सेती जलबिद्युत परियोजनाको निमार्ण सम्पन्न गर्न र पञ्चेश्वर जलबिद्युत परियोजना संचालन गरी उक्त परियोजनाबाट उत्पादन हुने बिद्युतमा यस प्रदेशका जनताहरुलाई अग्राधिकार प्रदान गर्न, कृषिमा एक स्थानिय तह एक उत्पादन क्षेत्र लागु गर्न कला संस्कृतिको संम्बद्र्धन गर्न प्रदेश स्तरमा सांस्कृतीक संगहालय स्थापना गर्न, र मुक्त कमैया र मुक्त हलिया लगायत भूमिहिन सुकुम्वासीहरुको प्रभावकारी पुर्नस्थापना एवं भुउपयोग निति लागु गर्न माग गरिएको छ।

विवेकशील साझा पार्टीले बुझाएको ज्ञापनपत्र बुझ्दै उल्लेखीत मागहरु सबैको समन्यवमा पुरा गर्न प्रदेश सरकार तत्पर रहने मुख्यमन्त्री त्रिलोचन भट्टले आस्वासन दिए। धेरैले बन्द खाममा ज्ञापन पत्र बुझाउने गरेपनि विवेकसिल साझा पार्टीले ज्ञापनपत्रलाई फोटो फ्रेमीङमा सजावट गरेर मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बुझाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?