
काठमाडौँ – बलात्कार आरोपपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले प्रक्राउ गरेको छ। प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरी आइतबार बेलुका सवा ६ बजे रातो रंगको गाडीमा लगेको हो।
सभामुख निवास बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरी त्यसको केही बेरमा उनलाई गाडीमा राखेर प्रहरीले लगेको हो।
प्रहरीले उनलाई बा १८ च ४०० नम्बरको गाडीमा राखेर लगेको हो।
महरालाई पक्राउ गर्नका लागि आइतबार अपराहन्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो। त्यसलगत्तै प्रहरीले महरालाई उनकै निवासमा नियन्त्रणमा राखेको थियाे।