हुम्लाको स्थानीय बाली ‘चिनो’बाट बिस्कुट उत्पादन

हुम्लाको स्थानीय बाली ‘चिनो’बाट बिस्कुट उत्पादन
+
-

सिमकोट– हुम्ला जिल्लाको अर्गानिक स्थानीय बाली चिनोबाट बिस्कुट उत्पादन गरेर बजारमा ल्याइएको छ।

सोवर्ण खाद्य उद्योगले स्थानीय अन्नपातको आधुनिक परिकार बनाउने क्रममा पहिलो पटक चिनोको बिस्कुट उत्पादन गरेर बजारमा ल्याएको हो।

पहिलो लटमा तीन सय प्याकेट चिनोको बिस्कुट उत्पादन गरेर सिमकोट र काठमाडौँकाे बजारमा पठाएको र बजारको बिक्रीको अवस्था राम्रो भएको पाइएको उक्त उद्योगमा म्यानेजर मुकुन्द रोकायाले बताए।

बिस्कुट चिनोको चामल स्थानीय गहुँको पिठो, बटर र पाउडर मिलाएर तयार गरिएको छ। म्यानेजर रोकायाका अनुसार एक प्याकेटमा दश पिस बिस्कुट हुने र मुल्य ६५ रुपियाँ निर्धारण गरिएको छ।

स्थानीय अर्गानिक कच्चा पदार्थबाट उत्पादन भएकोले बिस्कुट स्वास्थ्यका दृटिले पनि राम्रो हुने सेवाग्रीहरुले बताउने गरेका छन्। सबै कच्चा पदार्थ स्थानीय अर्गानिक भएको र चिनो मधुमेह रोगका बिरामीहरुको औषधी पनि हुने भएको कारण यसको खपत राम्रो हुन थालेको उद्योगले जनाएको छ।

काठमाडौँ र हुम्लाका बेकरीहरुमा उक्त बिस्कुटको थप माग आइरहेको र सोमबार बिस्कुट उत्पादन गरिने रोकायाले बताए। हुम्लामा चिनोको उत्पादन राम्रो हुने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?