नामिबियामा नेपाललाई जिताउने क्रिकेटर केसी गृह जिल्लामा सम्‍मानित

नामिबियामा नेपाललाई जिताउने क्रिकेटर केसी गृह जिल्लामा सम्‍मानित
+
-

बागलुङ- राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा मंगलबार स्वागत तथा सम्मान गरिएको छ ।

बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित भएका हुन्।

बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा सम्मानपत्र र नगद प्रदान गरेका थिए।

बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले हालै आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका थिए। सोही जितपछि नेपाली क्रिकेट टोली जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलको यात्रा तय गर्न सफल भएको छ।

खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप केसीलाई सम्मान गरिएको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताए। सोही अवसरमा केसीलाई क्षेत्री समाज बागलुङले पनि नगद रु १० हजारसहित सम्मान गरेको थियो ।

खेलाडी केसीले आफू सधैं देशका लागि कडा मेहनत र लगनका साथ खेल्ने बताए। ‘सम्मानको संस्कृतिले खेलाडीलाई प्रेरणा र प्रोत्साहन मिल्छ, खेलाडी उत्पादन र संरक्षणमा राज्य पनि संवेदनशील बन्‍नुपर्छ।’

यसअघि केसीलाई खेलप्रेमी, शुभेच्छुक र सर्वसाधारणले बागलुङ बजारमा भव्य स्वागत गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?