७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक !

७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक !
+
-

लण्डन-उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो ।

उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक अध्ययनमा जनाइएको छ।

अध्ययनका लागि नमूनामा लिइएको ४.५ सेन्टिमिटर धब्बावाल ‘ल्यान्टर्नफिस’मा करिब १३ टुक्रा प्लाष्टिक भेटिएको आएरल्याण्ड गालवे विश्वविद्यालयका अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरूले जनाएका ‘फ्रन्टियर्स इन मरिन साइन्स’ नामक पत्रिकाको मङ्गलबार प्रकाशित अङ्कमा जनाइएको छ।

विज्ञहरूले अनुसन्धानका लागि एटलान्टिक महासागरको करिब ६०० मिटर गहिराईबाट ३.५ सेन्टिमिटर देखि ५९ सेन्टिमिटरका २३३ माछालाई नमूना बनाइएको थियो । तीमध्ये ७३ प्रतिशत माछामा अत्यधिक प्लाष्टिकको मात्रा भेटिएको थियो । यो माछाको अस्तित्वमा नै प्रभाव पार्ने गरी भेटिएको अत्यधिक प्लाष्टिकको मात्रा हो।

समुद्रमा पुगेका प्लाष्टिकका सामग्री खासगरी प्लाष्टिकका झोलालाई माछा, डलफिन, सिल, तथा सामुद्रिक क्षेत्रमा पाइने पंक्षीजगत् लगायतका सामुद्रिक जनावरले खानाको अभावमा टुक्राएर खाने गरेको पाइएको अध्ययनले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?