मन्त्रीको कार्यक्रममा ग्यास लिक हुँदा भएको आगलागीमा चारजना घाइते, दुईको अवस्था गम्भीर

मन्त्रीको कार्यक्रममा ग्यास लिक हुँदा भएको आगलागीमा चारजना घाइते, दुईको अवस्था गम्भीर
+
-

जनकपुरधाम– स्वास्थ्य राज्यमन्त्रीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा ग्यास सिलिण्डर लिक हुँदा आगो लागेर चार जना घाइते भएका छन् ।

शुक्रवार सोनमा गाउँपालिका वडा नं. ८ स्थित स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव प्रमुख अतिथि रहेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा चिया पकाउन जाँदा ग्यास सिलिन्डर लिक भई आगो लाग्दा चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा २७ वर्षीय ओम प्रकाश(सरोज) यादव, २८ वर्षीय कौशल यादव, १६ वर्षीय सन्तोष पासवान र १८ वर्षीय रिकेश यादव घाइते भएका छन् ।

जलेर घाइते भएकाहरुको प्राथमिक उपचार गौशालाको क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा भर्ना गरिएको छ ।

उपचाररत चारजना मध्ये ओम प्रकाश यादव र कौशल यादवको अवस्था गम्भीर छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?