
काठमाडौँ- प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र योग्यताबारे प्रश्न उठाएका डा. गोविन्द केसीकै तीनथरि जन्ममिति रहेको आरोप लागेपछि उनले यसबारे स्पष्टीकरण दिन पत्रकार सम्मेलन आयोजना गरेका छन्।
टिचिङ अस्पताल परिसरमा सुरु भएको पत्रकार सम्मेलनमा डा. केसीका समर्थकहरु प्लेकार्डसहित उपस्थित भएका छन्। उनीहरुले ‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ?’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।
डा. गोविन्द केसीले आफ्ना सम्पूर्ण सक्कल प्रमाणपत्रसहित पत्रकार सम्मेलन आयोजना गरेको उनका समर्थकले जानकारी दिएका छन्।
उनले छानबिनमा सहयोग गर्न आवश्यक गरे पदबाट समेत राजिनामा दिन पनि तयार रहेको बताएका छन् ।
उनको नागरिकताको जन्म मिति २०१३ साल असोज २७ गते र एसएलसीमा जन्ममितिमा २०१३ माघ २४ गते रहेको छ। उनले मानवीय त्रुटीले जन्ममिति फरक परेको बताएका छन्।
तस्बिरहरु- शरद ओझा/देश सञ्चार