
काठमाडौं- एउटी सुन्दर, सुशील र चञ्चल स्वभावकी एक युवती जो २६ सकेण्डको एउटा भिडियो क्लिपमा देशभरको युवाको मनमा बस्न सफल भइन्। तर जुन भिडियो जसले बनायो उसलाई कति समय लाग्यो र कसरी बनायो भन्ने बारेमा प्रिया स्वयम आफैंले जवाफ दिएकी छन्।
उनले कुरा गर्दै भनेकी छिन्,’मलाई निर्देशकले सुटिङमै भन्नु भएको थियो की केही नयाँ गर्नुपर्छ। राम्रो र सबैको ध्यान जाने केही नयाँपन गर्नु है।’
तर प्रियाले यस्तो गर्न धेरै पटक कोशिस गरिन्। उनी थप्छिन, ‘मैले एक पटक कोशिस गरेँ। तर त्यो एक सटमै ओके भयो। तर मैले यस्तो सोचेकै थिइन् कि यो भिडियो यति भाइरल हुन्छ भनेर।’
यको श्रेय कसलाई जान्छ भन्नेमा प्रिया भन्छिन्, ‘यो सबै श्रेय निर्देशकलाई जान्छ। यो जादू उसैले नै सृजना गर्यो। उसले मलाई यस्तो स्टाइल गर्नू भनेको थियो।’
उनी भन्छिन्, ‘यसको लागि मैले कुनै तयारी नै गरेको थिइन्। उनी अन द स्पट आइसके। सटपछि सबैले उत्कृष्ट अभिनय भनेका थिए।’
आफ्नोबारेमा सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र ट्रोलबारे उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा धेरै नै ट्रोल आयो, धेरै मज्जाको लाग्यो। यति ठूलो सेलिब्रेटीको साथ मेरो बारेमा ट्रोल बनिरहेको छ।’
को हुन प्रिया ?
प्रिया भारतको केरलाकी त्रिचुरमा बस्दै आएकी छन्। उनको बुवा पेट्रोलपम्पमा काम गर्छन्। प्रियाको आमा भने होम मेकर हुन्। उनको परिवारमा भाइ र हजुरआमा हजुरबुवा पनि छन्।
उनी भने शहरको कलेजबाट व्यवस्थापनमा स्नातक गर्दैछिन्। उनले खेलेको यो पहिलो फिल्म हो। यसअघि उनले तीन वटा सर्ट मूभि पनि खेलिसकेकी थिइन्। उनलाई अभिनयको शोख भने पहिल्यैदेखिको हो।
उनी भन्छिन्, ‘यो फिल्म मेरो लागि कोसे ढुंगा साबित हुनेछ। साथै अब आउने फिल्ममा पनि भाग्य र समर्थन चाहिन्छ मलाई।’
के अब मुम्बईको फिल्म नगरीमा उनी प्रवेश गर्छिन् त भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘मलाई सबै भाषामा अनुभव लिनु छ, त्यसमध्ये बलिउडमा त झन धेरै मेरो आउने चाहना छ।’
उनी संजयलीला भन्सालीको फिल्ममा दीपिका पादुकोणसँग काम गर्न चाहन्छिन्। यदि हिन्दी फिल्ममा काम गरेमा को बढी मन पर्छ भन्नेमा उनको जवाफ आउँछ, ‘ रणवीर सिंह,शाहरुख खान वा फेरि सिद्धार्थ मल्होत्रा।’
भ्यालेन्टाइन डे को दिन उनको भिडियो झन भाइरल भएको थियो। उसलाई तपाईको भ्यालेन्टाइन को हुनेछ भन्नेमा उनले भनिन्, ‘रोशन’।
रोशनले उनीसँगै उक्त भिडियोमा काम गरेका छन्। तर खासमा उनले आफ्नो वास्तविक जीवनमा भने कुनै भ्यालेन्टाइन नभएको स्पष्ट पारेकी छन्।
१८ वर्षीया प्रिया क्लासिकल डान्सकी ट्रेनिङ लिइसकेकी छन् भने अब म्युजिकको पढाइमा समेत लागेकी छिन्।
उनी भन्छिन्, ‘ अब अगाडि मलाई पढ्नु पनि छ र फिल्ममा पनि काम गर्ने इच्छा छ।’ उनलाई घुम्न धेरै मन पर्छ।
प्रियाका अनुसार उनका आमाबुवा पनि छोरीको चर्चाले खुशी छन्। उनका फ्यानहरु पनि दिनानुदिन बढ्दै गएका छन् भने आउँदा दिनमा बलिउडमा आउँदा झनै माया गर्ने आशा लिएकी छन्।
उनले भनेकी छिन, ‘म बम्बईमा बसेको छु। तर बुवाआमा त्यही गाउँमै बस्नुहुन्छ। पाँच वर्ष पहिला नै बुवाआमासँग मैले हिन्दी सिकेकी थिएँ। त्यही अहिले काम लागिरहेको छ मलाई।’