
देश सञ्चार
फाल्गुन १०, २०७४
अ
+
अ
अ
-
काठमाडौं – देशभरका अधिकांश क्षेत्रको मौसम बिहीबार सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली भएपनि अरु ठाउँको मौसम सफा रहने मौसमविदले बताएका छन् ।
यस्तै पहाडी क्षेत्रका दिउँसोपछि एक दुई ठाउँमा हल्का पानी पर्ने तथा चट्याङ पर्ने सम्भावना पनि रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम सामान्यतया सफा रहेको छ ।

