
देश सञ्चार
फाल्गुन १०, २०७४
अ
+
अ
अ
-
विर्तामोड – झापाको विर्तामोड नगरपालिका–५ स्थित जितेन्द्र साउदेनले सञ्चालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा आगलागी भएको छ ।
आगलागीबाट करिब ३० लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञान विष्टले जानकारी दिए ।
नेपाल प्रहरी, स्थानीय बासिन्दा र विर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि काठ चिर्ने मेसिन, तयारी फर्निचर, काठ लगायतका सामग्री जलेको छ।

