
काठमाडौं- नेपाली टेलिचलचित्रमा ‘डिट्ठा साब’को नामले परिचित किशोर भण्डारीले पहिलो पटक निर्देशन गरको चलचित्र चंगा लिएर आउने भएका छन्। मानिसको जीवनमा आउने उतारचढावलाई मध्यनजर गर्दै प्रतिकात्मक रुपमा चंगा नामक चलचित्र ल्याउन लागेको निर्देश भण्डारीले देश सञ्चालाई बताए।
उनले भने, ‘चंगा एउटा सामाजिक परिवेशमा प्रतिकात्मक चलचित्र हुनेछ। यसले मानिसको जीवन चंगाको जस्तैभएकाले जुनसुकै बेला दुर्घटना हुन सक्छ।चलचित्रमार्फत जिवनलाई सचेत भएर अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन खोजेका छौ।’
मानिसको जिवनमा दु:ख सुखका क्षणहरु आउँने जाने भइरहने भएकाले युग अनुसारको व्यहारलाई सम्हाल्न नसकेमा चंगा जस्तै चुडिन सक्ने भन्दै चलचित्रमा केहि कमेडि जानरा समेत देखाइएको उनले बताए। भने, ‘ सधै एकनाशको सामाजिक परिवेश कसैको पनि हुँदैन। प्रकृति नै फरक फरक मौसममा फरक अवतार लिन्छ भने मानिसको जिवन पनि त्यही हो।तर यसलाई सधैं पैसाको पछाडि दौडाएर व्यर्थ बनाउनु हुँदैन।’
उनले पैसा मानिसको जिवनको अन्तिम लक्ष्य नभएको तर अहिलेमानिस यसैको पछि लागिरहेकाले सामाजिक चेतना समेत अपनाउनु पर्ने चलचित्रमा मार्फत देखाइएको छ।
चलचित्रमा कलाकारहरु बुद्धि तामाङ, राजन खतिवडा, अंकित खडका, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, प्रेम वर्षा, लखी भण्डारी र कृष्ण भण्डारीलगायतको अभिनय छ।
रेश्मा तिमिल्सिना ‘बुनुमैचा’ निर्माता रहेको फिल्ममा रविन आचार्यको छायांकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ। कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा बनेको फिल्मको छायांकन ललितपुरको दलचोकी र काठमाडौं उपत्यकामा गरिएको हो।
चलचित्र चंगा आउँदो नयाँ वर्षको जेठ २५ गर्दै प्रदर्शनमा आउँदैछ।