पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल खरो वक्ता मानिन्छन् र परिआउँदा गोप्य रणनीतिकारको भूमिका पनि उनले निर्वाह गरेका छन्। शान्ति प्रक्रियामा होस् या दुईदुई ठाउँबाट निर्वाचन हार्दा पनि प्रधानमन्त्री बन्ने परिस्थिति निर्माणमा होस्, उनले पार्टी अन्य दलका नेताहरुलाई आश्वस्त गर्न सकेका छन् अतीतमा। केपी ओलीको नेतृत्वमा माओवादीसँग एकता हुन लागेको वर्तमान सन्दर्भमा भावी राजनीति, उनको आफ्नै भूमिका, खासगरी नेपालको छिमेकीहरुसँगको सम्बन्ध र आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप लगायतका विषयमा देशसञ्चारकी दीपा दाहालसँग उनका उन्मुक्त अभिव्यक्तिहरु।
भिडियो-आरजू/देश सञ्चार