मिथिलाञ्चलमा भाइ–बहिनीको प्रेमको प्रतीक भातृद्वितिया पर्व मनाईँदै

मिथिलाञ्चलमा भाइ–बहिनीको प्रेमको प्रतीक भातृद्वितिया पर्व मनाईँदै
+
-

जनकपुरधाम, – आज मिथिलाञ्चल क्षेत्रमा भातृद्वितिया पर्व मनाईँदै छ । भाइबहिनीको पवित्र पर्वहरुमध्ये एक हो भातृद्वितिया पर्व । यसको मिथिलाञ्चलमा छुट्टै महत्व रहेको छ । यो पर्व कार्तिक महिनाको शुक्ल पक्षको द्वितिया तिथिका दिन हिन्दू धमावलम्बीले मनाउने गर्छन् ।

भातृद्वितियालाई यम द्वितियाको नामले समेत बुझिन्छ । भातृद्वितिया पर्वले भाइबहिनीबिचको प्रेमलाई अझै प्रगाढ बनाउँछ । मिथिलाञ्चलमा यो पर्वका दिन दिदी बहिनीले आफ्नो दाइ भाइको निधारमा पिठार (चामललाई पानीसँगै पिँधेर बनाइएको लेदो) र सिन्दुरको टीका लगाएर उज्ज्वल भविष्यको कामना गर्ने गर्छन् । आजका दिन बहिनीहरुले भाइ आफूभन्दा ठूलो होस् वा कान्छो पूजा गरी निमन्त्रणा दिने गर्छन् ।

बहिनीले सिन्दुर, पिठार लगाएर कुभिन्डोको फूल, पानको पात, सुपारी र जल भाइको हत्केलामा राखी ‘गंगा नौतैत छथि यमुना के, हम नौतैत छी (भाइ के नाम) भाइ के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाई सभक औरदा बढए’ अर्थात गंगाले यमुनालाई निमन्त्रणा दिइन् मैले आफ्नो भाइलाई भन्दै हात पखाल्छिन् । बहिनीले पूजा गरेपछि भाइले बहिनीलाई गक्ष अनुसार उपहार दिन्छन् र उनको घरको अन्न खाएर बहिनीलाई सन्तुष्टि प्रदान गर्छन् ।

भातृद्वितिया पर्वको क्रममा अरिपन बनाइने गरिन्छ जसले पर्वलाई विशेष र पृथक बनाउँछ । यो अरिपन षटदल कमल आकृतिको हुन्छ । पिँढीको अगाडि कमलको फूल कोरिएको अरिपनमाथि कटौरा राखिएको हुन्छ ।

लोटामा जल राखिएको हुन्छ जसमा पान, सुपारी, कुभिन्डो लगायतका फूल राखिन्छ । सोही अरिपनमाथि भाइलाई बसाएर पूजा गरिन्छ । दीपावली र छठ पर्वको बिचमै पर्ने यो पर्वले मिथिलाञ्चलबासीको हर्षलाई अझै बढाउँछ ।

भातृद्वितियाको कथा

यो पर्वलाई लिएर एउटा कथा प्रचलित छ । भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो। छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुना आफ्नो दाइ यमराजलाई अगाध स्नेह गर्थिन् ।

भनिन्छ, यमुनाले पटक पटक आफ्नो दाइ यमसँग निवेदन गर्थिन् आफ्ना इष्टमित्रका साथ घर आउनका लागि । तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै आउँथे । यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितिया तिथि आयो ।

यमुनाले सोही दिन दाइ यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनबद्ध गरिन् । यमराजले सोचे म सबैको प्राण लिन्छु । मलाई कोही घर बोलाउन चाहँदैन् । बहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो । यमराज आफ्नो घर आएको देखेर यमुना औधी खुशी भइन् ।

यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यञ्जन भाइ यमलाई खानका लागि दिइन । यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माग्नलाई भने । यमुनाले दाइ यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् ।

मजस्तै बहिनीले यो दिनमा आफ्नो दाजुभाइलाई आदर सत्कार गरी टीका लगाउने गर्छिन् भने उसलाई तपाईँको भय रहँदैन । यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के । सोही दिनबाट भातृद्वितिया पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?