
जनकपुरधाम-भ्रमण वर्ष २०२० भ्रमण वर्षको थालनी मात्र रहेको संस्कृति,पर्यन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बताएका छन्।
वुधवार पत्रकार महासंघ धनुषा शाखा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आगामी एक दशक सम्म भ्रमण वर्ष मनाउने रणनीति रहेको बताए।
उनले भने, ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन, तिनीहरुलाई रोक्नु पर्ने अवश्यकता छ । यहाँ आउने पर्यटकलाई छिन्मस्ता, गढिमाई, बारा, पर्सा, महोत्तरी लगायत विभिन्न ठाउँमा घुम्नु पर्यो।’
विभिन्न ठाउँबाट जनकपुरधामको भ्रमणमा आउनेहरु यहाँको भ्रमण गरेर पूनः फर्कने गरेकोले तिनीहरुलाई रोक्ने प्रकारको वातावरण बनाउनु पर्ने आवश्यकता ओल्याए।
पर्यटकलाई रोकेर हुँदैन् तिनीहरुलाई यहाँ बस्ने प्रकारको वातावरण बनाउनु पर्ने मन्त्री भट्टराईले बताए। मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणधिन अवस्थामा रहेको जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २÷३ महिनामा पुरा भएर सञ्चालनमा आउने बताए।
त्यस्तै मन्त्री भट्टराईले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकोले उनको शालिक नेपालको विभन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताए।
त्यस्तै भ्रमण वर्ष २०२० को प्रदेश २ का संयोजक मनिष झाले प्रदेश २ मा पर्यटन व्यवसायको संस्कार नरहेकोले यो भ्रमण वर्ष यहाँ व्यवसायीक पर्यटनको संस्कार बसाउने अवसरको रुपमा रहेको बताए।
प्रदेशमा रहेको पर्यटन क्षेत्रलाई पहिले देशमा रहेकालाई जानकारी दिएपछि मात्र यसको जानकारी विदेशमा जाने उनले बताए।