शुभकामनाको नाममा नेकपाको चुनावी प्रचार, प्रचण्डले भने, ‘मधेसको जनतासँग फेरि प्रेम पर्‍यो’

शुभकामनाको नाममा नेकपाको चुनावी प्रचार, प्रचण्डले भने, ‘मधेसको जनतासँग फेरि प्रेम पर्‍यो’
+
-

जनकपुरधाम-नेपाल कम्युनिष्ट पार्टीले शुभकामना आदान प्रदान कार्यक्रमको नाममा चुनावी प्रचार प्रसार गरेको छ।

उपनिर्वाचन आगामी मंसिर १४ गते उप निर्वाचन हुने भएपछि आचार संहिता लागु भएको अवस्थामा समते नेकपाका नेताहरु देखि लिएर मन्त्रीसम्मले चुनावी प्रचार प्रसार गरेको छ।

वुधवार महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीले शुभकामना आदान प्रदानको कार्यक्रमको आयोजना गरेको थियो।

यस कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि लिएर पार्टीका महासचिव विष्णु पौडेल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, प्रदेश २ का पार्टी अध्यक्ष प्रभु साह, लगायत प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेताहरुको उपस्थिति रहेको थियो तर सबैजनाले शुभकामना आदान प्रदानको ठाउँमा चुनावी प्रचारमा व्यस्त थिए।

सबैजनाले पिपरा गाउँपालिकामा हुन लागेको चुनावी प्रचार प्रसारमा रहेका थिए । शुभकामनाको नाममा बोलेका सबैले आफ्नो अधिकांश समय चुनावी प्रचारमा खर्चेका थिए।पिपरामा पनि गाउँपालिका अध्यक्षको लागि निर्वाचन हुँदै छ । कार्यक्रममा अन्य पार्टी परित्याग गरी ५ सय ४३ जना नेकपामा प्रवेश गरेका थिए।

कसले के भने?


मधेशको जनतासँग साँच्चै प्रेम पर्‍यो: प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले तराई मधेशको जनतासंग सांच्चै प्रेम परेको फेरि दोहर्‍याएका छन्।
आफूले तराई मधेशको जनतासंग लभ परेको बताउँदा ठूले चर्चाको विषय बनेको स्मरण गराउँदै प्रचण्डले साँच्चै तराई मधेशको जनतासंग साँचो प्रेम रहेको दोहराएका हुन्।

उनले तराई मधेशको जनता अधिकार प्राप्तिका लागि पटक पटक आन्दोलनको अगुवाई गरेको बताउँदै उनीहरुको अधिकारका लागि प्रेम परेको बताए।

महोत्तरीको पिपरा गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले तराई मधेशको विकासका लागि आफूलाई अनशनमा बस्नु परे पछाडी नपर्ने दावी गरे।

उनले यो क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको जनकपुर भिठामोड सडकखण्डको निर्माण कार्य सुस्त गतिमा चलिरहेकोप्रति दुःख व्यक्त गरे। उनले भने, ‘जनकपुर भिठामोड सडकखण्ड समयमा निर्माण भएन भने म आफै आएर अनसनमा बस्छु।’

उनले आफ्नै पार्टीका विभागीय मन्त्रीलाई यो सडकखण्डको कार्य समयमै नभए आफू पार्टीको अध्यक्ष भएपनि अनशनमा बस्न बस्न बेर नलाग्ने चेतावनी दिएको जानकारी दिए।

उनले कम्युनिष्ट सरकारकै समयमा काठमाडौँ तराई द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको थालनी, नेपाल रेल्वेको शुभारम्भ भएको जानकारी गराउँदै यसले नै कम्युनिष्ट सरकार तराई मधेशको विकासप्रति गम्भिर रहेको स्पष्ट रहेको बताए।

प्रचण्डले दलाल, फटहाहरु बिरुद्ध यहीका आम नागरिकलाई आवाज उठाउन आग्रह गरे। र यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताए।

प्रदेश २ मा नेकपाको सरकार नभएकोले भ्रष्टचार बढ्यो: महासचिव पौडेल


त्यस्तै शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश २ सरकार पूर्ण रुपले असफल रहेको बताएका छन्।

सात प्रदेश मध्ये छ प्रदेशमा आफ्नो सरकार रहेको भन्दै पौडेलले प्रदेश २ मा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी भएपनि मधेशवादी दलको सरकारको काम हेर्न आफ्नो सरकार बनाउने प्रयास नगरेको बताए। तर प्रदेश २ मा यिनीहरुबाट विकास हुने अवस्था नरहेकोले अब यस प्रदेशमा समेत शासनको जिम्मा लिन चाहेको बताउँदै उनले देशको विकास तथा समृद्धिको नेतृत्व नेकपाले गर्ने दावी गरेका छन्।

पौडेलले प्रदेश दुईमा नेकपाको सरकार नरहेका कारण भ्रष्टाचारले बढेको दावी गरे। उनले भने, ‘अहिले संघमा, ७ प्रदेश मध्ये ६ मा हाम्रो सरकार रहेको र ७५३ वटा स्थानिय तहमध्ये अधिकांशमा हाम्रो सरकार छ।

र आउने निर्वाचनमा हामी विकासलाई हेराएर भोट माग्छौँ ।’ उनले आफ्नो सरकार विकासमा पूर्ण रुपले गम्भीर रहेकोले आउने समयमा आफ्नो विकास हेरेर निर्वाचनमा जनताले मत दिने बताए।

अर्को वर्ष नेपाल पूर्ण साक्षर हुन्छ: शिक्षा मन्त्री पोखरेल


संसारलाई ज्ञान दिने क्षेत्र अहिले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछाडि पडेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताए।

कुनै समय प्रदेश २ का क्षेत्र शिक्षाको लागि प्रसिद्ध भएपनि अहिले यस्तो अवस्था नरहेको मन्त्री पोखरेलले बताए।

संघ सरकारले यस वर्ष ७० जिल्लालाई साक्षर र अर्को वर्षमा नेपालको सबै जिल्लालाई साक्षर घोषणा गर्ने योजना रहेको बताए।

उनले गलत नेतृत्वको कारणले अहिले सम्म प्रदेश २ पछाडि रहेको बताए।तर अब यस प्रदेशमा विकास गर्ने जिम्मा नेकपाको रहेको बताए। त्यस्तै उनले मैथिलीका महाकवि विद्यापति उचित सम्मान पाउन नसकेकोले अब उनको सम्मान देशभरि नै गरिने बताए।

पछिल्लो समयमा विद्यापतिलाई हुनुपर्ने सम्मान हुन नसक्नु दुर्भाग्यको कुरा रहेकोले अब नेपालको विभिन्‍न ठाउँमा विद्यापतिको शालिकको निर्माण गरिने बताए। त्यस्तै पर्यटनमन्त्री योगेश भट्टराईले समेत शुभकामना आदान प्रदान कार्यक्रमा सम्बोधन गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?