चार ठाउँ चुनाव लड्न लागेको साझा पार्टीले जित्ने आधार के? यसो भन्छन् रविन्द्र मिश्र

चार ठाउँ चुनाव लड्न लागेको साझा पार्टीले जित्ने आधार के? यसो भन्छन् रविन्द्र मिश्र
+
-

काठमाडौँ- संघीय संसद र प्रदेश सभाको आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीले अप्रत्यासित नतिजा ल्याउने दावी साझा पार्टीका संयोजक रविन्द्र मिश्रले गरेका छन्।

प्रदेश सभाका लागि भक्तपुर -१ (क) को उमेद्वार घोषणा कार्यक्रममा बोल्दै मिश्रले आफ्नो पार्टी विजयी हुने मुख्य दुई आधार प्रस्तुत गरे।

‘ पहिलो त हामीले के गरिरहेका छौँ भन्ने हो। हामीले जसरी काम गरिरहेका छौँ यसमा जनताले आशा र विश्वास गरेका छन्। दोस्रो कारण भनेको विगत ३० वर्षदेखि शासन सत्ता चलाएका राजनीतिक दलहरुप्रति जनताको निराशा हो। यी पार्टीहरुले चर्तिकला र कान्डैकान्ड मात्र मच्चाएका छन्। त्यसैले जनता उनीहरुप्रति निराश छन्। यहि बेला हामी जनताको आशा बनेर उदाएका छौँ’, पूर्वपत्रकार मिश्रले भने।

उनले सत्ता पक्ष र पुराना दलको लगातार कमजोरीको फाइदा आफ्नो पार्टीले उठाउने बताए। उनले आफ्नो पार्टीले कार्यकर्ता भन्दापनि स्वतन्त्र मतदाता खोजिरहेको बताए।

उनले भने,’ राजनीतिक दलले स्वतन्त्र जनतालाई अन्धभक्त कार्यकर्ता बनाएकै कारण देशमा यो स्थिति आएको हो। जसले राम्रो गर्छ उसलाई छनोट गर्न सक्ने मतदाता हुनुपर्छ। हामी त्यस्तै मतदाताको खोजीमा छौँ। प्रजातन्त्रलाई बलियो बनाउने पनि यस्तै मतदाताले हो। त्यसैले साझा पार्टीको कार्यकर्ता छैनन् भन्नु बेकारको कुरा हो।’

देशलाई रुपान्तरण गर्न पद्धति, पारदर्शीता, इमान्दारिता र उत्कृष्टताजस्ता चार वटा मुल्य र मान्यता राजनीतिक दलमा अनिवार्य चाहिएपनि त्यो पुराना दलमा नभएको उनको भनाइ छ। ‘ यहाँ त पै‌सा बाँडेर, मासु भात खुवाएर चुनाव जितिन्छ भन्ने अभ्यास छ। काम गरेर जनताको विश्वास जिते चुनाव जित्न केही गर्नै पर्दैन’, मिश्रले भने।

आर्थिक स्रोत बिना नै आफ्नो पार्टी चुनाव लडिरहेको दावी गर्दै उनले अगाडि थपे- चुनावमा जाने भएपछि हरेक दिन हामीलाई समर्थक र शुभचिन्तकबाट आर्थिक सहयोग आइरहेको छ।

गत संघीय तथा प्रदेश सभा चुनावमा साझा पार्टी र विवेकशिल पार्टी एकीकरण भएर चुनाव लडेका थिए। तर चुनाव सकिएको केही समयमा विवेकशिीतर्फका धेरै नेताहरु अलग भएका थिए। ‘हामी टुक्रिएका छैनौँ। केही साथीहरु अलग मात्र हुनु भएको हो। हामीले इतिहास हेर्‍यौँ भने फुटेर गएका साथीहरुले नेतृत्व र राजनीतिलाई स्थापित गराउन सकेको देखिँदैन’, मिश्र भन्छन्।

साझा पार्टीले आसन्न उप निर्वाचनमा आफ्नो पार्टी कास्की, धरान, भक्तपुर र दाङमा उठ्न लागेको जानकारी गराएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?