छठमा झकिझकाउ बागेश्वरी तलाउ (तस्बिरसहित)

छठमा झकिझकाउ बागेश्वरी तलाउ (तस्बिरसहित)
+
-

नेपालगञ्ज – हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठको रौनक बढेको छ। छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गरेको हो।

शनिबार तलाउ आसपासको सजावटले बागेश्वरी मन्दिर झकिझकाउ भएको छ।

शनिबार अस्ताउन लागेको सूर्यलाई अर्घ दिइएको छ। आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि प्रसाद ग्रहण गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ दिन बागेश्वरीमा भीड लागेको थियो। ठूलो संख्याका भक्तजनहरु मन्दिर परिसरमा रहेको तलाउ आसपासमा प्रसाद राखेर बसेका छन्।

बागेश्वरी मन्दिरको पार्कमा भजनकिर्तन पनि भइरहेको छ। छठी मैया पूजा समितिले भजनको व्यवस्था गरेको छ।

पूर्वी तराईका बासिन्दाले धुपधामले मनाउने छठको रौनक पश्चिममा पनि बढ्दै गएको प्राज्ञ सनत रेग्मी बताउँछन्। बागेश्वरी मन्दिरमा भेटिएका प्राज्ञ रेग्मीले ७/८ वर्षयता छठ पर्व मनाउनेको संख्या बढ्दै गएको बताए। ‘२/४ जनाले यहीँ (बागेश्वरी) आएर छठ पर्व मनाउँथे, अहिले त्यो संख्या वर्षेनी बढ्दै गएको छ’, प्राज्ञ रेग्मीले भने।

नेपालगञ्जको रानीतलाउको साथै अन्य तालहरुमा पनि छठको रौनक बढेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?