विश्वका ११ हजार वैज्ञानिकको चेतावनीः जलवायु परिवर्तन स्पष्ट रुपमा आपतकालको अवस्था

विश्वका ११ हजार वैज्ञानिकको चेतावनीः जलवायु परिवर्तन स्पष्ट रुपमा आपतकालको अवस्था
+
-

विश्वभरका झण्डै ११ हजार वैज्ञानिकको संलग्नतामा भएको अनुसन्धानले विश्वमा अहिले जलवायु आपतकालको अवस्था रहेको उल्लेख गरेको छ । जलवायु परिवर्तनको प्रभाव स्पष्ट र यसमा विवाद गर्नु पर्ने कुनै ठाउँ नै नरहेको वैज्ञानिकहरुले बताएका छन् ।

जलवायु परिवर्तनको प्रभाव विश्वभर परिरहेको र अहिले जलवायु आपतकालको अवस्था रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो ४० वर्षको तथ्यांकलाई विश्लेषण गरिएको अनुसन्धानमा प्रतिवेदनमा विश्वभरका सरकारले जलवायु परिवर्तन सम्बन्धी संकट समाधानका लागि काम गर्न नसकेको उल्लेख गरिएको छ ।

तत्काल जलवायु परिवर्तन विरुद्ध एकीकृत ठोस प्रयास नभएमा अहिले मानव जातिले भोगिरहेको समस्या थप सघन भएर जाने अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अनुसन्धानको क्रममा आफूहरुले देखेको जोखिम र चुनौतिका बारेमा जानकारी गराउनु वा चेतावनी दिनु आफूहरुको नैतिक जिम्मेवारी रहेको अनुसन्धानकर्ताले बताएका छन् । पछिल्लो स्याटेलाइट तथ्यांक अनुसार यो वर्षको अक्टोबर महिना इतिहासकै सबैभन्दा गर्मी या तातो अक्टोबर रहेको देखिएको छ ।

सतहको तापक्रमको तथ्यांक लिनु र त्यसको विश्वलेषण गर्नु मात्रै जलवायु परिवर्तनको प्रभाव तथा त्यसको जोखिमका बारेमा सही जानकारी पाउने उपयुक्त माध्यम नहुने अध्ययनमा उल्लेख गरिएको छ । त्यसले समग्र रुपमा आफूहरुले तथ्यांकको विश्लेषण गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

आफूहरुले गरेको अनुसन्धानमा प्रयोग भएका तथ्यांकबाट पछिल्लो ४० वर्षमा जलवायु परिवर्तनका मुख्य सूचकहरु ग्राफिकल रुपमा देख्न सकिएको उनीहरुको भनाई छ । मानव तथा प्राणीको संख्यामा भएको वृद्धि, प्रतिव्यक्तिका लागि मासुको उत्पादन, विश्वव्यापी रुपमा रुखले ढाकिएका क्षेत्रमा आएको कमी तथा इन्धनको प्रयोगमा भएको वृद्धिसहितका सूचकहरुको अनुसन्धानमा प्रयोग भएको छ ।

समस्या आपतकालीन देखिए पनि केही क्षेत्रमा भने सकारात्मक काम भएको छ । विश्वव्यापी रुपमा नविकरणीय उर्जाको उत्पादनमा वृद्धि भएको छ । हरेक दशकमा हावा तथा सूर्यबाट उत्पादित उर्जाको प्रयोग ३७३ प्रतिशतले बढेको छ । तर सन् २०१८ मा प्रयोग भएको फोसिल फ्यूलको तुलनामा यो २८ गुणा कम हो ।

केही सकारात्मक प्रयास भए पनि अधिकांश सूचकहरु खराब दिशा तर्फ गएको र त्यसले जलवायु परिवर्तनलाई सहयोग गरिरहेको अनुसन्धानकर्ताले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?