काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको शुक्रबार बिहान सुरु बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ।
बैठकमा संसदीय दलको विधान, नेता चयन र प्रमुख प्रतिपक्षीको रूपमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छ्लफल भएको डोटीका प्रदेशसभा सांसद भरतबहादुर खड्काले जानकारी दिए।
विधानमा मन्त्रालयगत रुपमा छायाँ सरकारको प्रावधान राख्न सुझाव सांसदहरुले दिएका छन्।
अघिल्लो विधानमा माथिल्लो सभाको प्रावधान नभएकामा त्योसमेत नयाँ विधानमा थपिनेछ। संसदीय दल बैठकमा अहिलेसम्म २० जनाले बोलेका छन्।
संसदीय दलका नेता चयनका लागि फागुन १५ गते चुनाव गर्नेबारे समेत बैठकमा छलफल भएको सांसद खड्काले जानकारी दिए।
सम्बन्धित समाचार
कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

भर्खरै
लोकप्रिय






































































































































































































