
मुगु – यात्राको मज्जा शायद गन्तव्य भन्दा पनि बाटो हो । गन्तव्य पुग्नका लागि प्रयोग गरिएको मार्ग र त्यससँग जोडिएका कथाहरुले यात्रालाई रोमाञ्चक बनाउँछ ।
बाटोमा भेटिने यात्रुहरु, वरपरको जनजीविका र परिवेश नियाल्दै गन्तव्य तर्फ लम्कँदै गर्दा यात्रामा थकाई भन्दा पनि उर्जा थपिन्छ । मार्ग जति नै कठीन यो असजिलो होस्, यात्रुले बाटोका कथा सुन्न थाले भने कठीन हुँदैन यात्रा ।
सुगम हुँदै दुर्गम या दुर्गम हुँदै सुगम तर्फ गरिने यात्राका आफ्नै अप्ठ्यारा–सजिलाहरु छन् । असजिलोमा अति असजिलो यात्रा पनि बाटो रोमाञ्चकारी छ भने अति सजिलो भइदिन्छ । तर त्यसका लागि यात्रुमा गन्तव्यको ध्यान भन्दा बाटोमा देखिने विविध पक्षहरुमा चाख हुनु पर्छ ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले पश्चिम नेपाल, कर्णाली प्रदेशको हालै गरेको यात्राका क्रममा बाटोको कथा समेट्ने केही तस्बिरहरु खिचेकी छन् ।
सुर्खेतबाट मुगुसम्मको यात्राको क्रममा उनले खिचेका तस्बिरहरुमा भौगोलिक अवस्था फेरिएसँगै देखिने फरक परिवेशहरु समेटिएका छन् । सुर्खेतबाट मुगुसम्मको बसको यात्रामा गर्दा दैलेख। कालिकोट र जुम्लालाई छिचोल्नु पर्छ ।

कर्णाली नदी।

देउती बज्यै मन्दिर सुर्खेत।

कालिकोटको नाग्म बजार।

कालिकोटको नाग्म बजार।

मुगुकी स्थानीय महिला।

मुगुकाे सदरमुकाम गमगढी।

जुम्लाको सिञ्जा उपत्यका।

जुम्लाकाे बस्ती।

दैलेखकाे खेतमा फुटबल खेल्दै गरेका बालकहरु।