हिमाल पारीको गाउँ लिमीका तीनवटै बस्ती सडक सञ्जालसँग जोडिँदै

हिमाल पारीको गाउँ लिमीका तीनवटै बस्ती सडक सञ्जालसँग जोडिँदै
+
-

सिमकोट – राज्यका अन्य सेवा र सुबिधाहरु मुश्किलले पुग्ने हुम्लाको हिमाल पारीको गाउँ लिमीका तीनवटै बस्ती सडक सञ्जालसँग जोडिन अन्तिम चरणमा पुगेका छन् ।

यसअघि मध्य जाङ र हल्जीमा गत वर्ष नै सडा सजान जोडिएको भए पनि यसपालीदेखि तिल गाउँ पनि सडक सञ्जालसँग जोडिने अन्तिम चरणमा पुगेको छ । तिल गाउँ पनि अब सडक सञ्जालसँग जोडिन एक किलो मिटर बाँकी रहेको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका अध्यक्ष पाल्जोर तामाङले बताए ।

हाल निर्माण कार्य भैरहेको र अब केही दिनमा तिल गाउँ पनि सडक सञ्जालसंँग जोडिने उनले बताए । यसका लागि नाम्खा गाउँपालिका र वडा कार्यालयको बजेट लगानी गरेका छन् । यो सदरमुकाम सिमकोटबाट सल्लीहुँदै लाप्चा सडकको तुम्लिङबाट जाङ हुँदै हल्जी गाउँबाट तिलसम्म यस पाली वडाको बजेटले सडक निर्माण गरेर जोडिएको छ ।

पहिले प्रारम्भिक ट्रयाक खोलेर लिमीमा भएका गाडी सञ्चालनमा ल्याइने र आगामी वर्ष त्यस सडकलाई केही बिस्तार गर्ने योजना रहेको अध्यक्ष तामाङले बताए ।

सडक जोडिए पछि लिमीका बासिन्दाले नेपाली नागरिकता, सीमा पास र केही रुपमा नेपाल खाद्यान्न संस्थानको ढुवानी अनुदानको काठमाडौँबाट हिल्सा पुगेको खाद्यान्न मात्र पाउदै आएकोमा अब त्यस धेरै कुरा लिमीसम्म आपूर्ति गर्न सहज हुनेछ । अब सडक सञ्जाल जोडिएमा धेरै कुरा पाउने आशामा लिमी बासी रहेको अध्यक्ष लामाले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’