
दाङ– प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी यतिवेला प्रदेशका प्रहरी कार्यालयको निरिक्षणमा ब्यस्त छन्।
उनले दाङ, प्यूठान, रोल्पाका प्रहरी कार्यालयको निरीक्षण गरेका छन्। शनिवार वडा प्रहरी कार्यालय लमहीको निरिक्षण गरे। कानुन मन्त्री केसी र सहसचिव प्रेम भट्टराई शनिबार वडा प्रहरी कार्यालयको निरीक्षणमा पुगेका थिए।
कानुन मन्त्री केसीले कार्यालय परिसर, कार्यालय व्यवस्थापन, सवारी साधानको निरीक्षण गरे। ‘प्रहरीले कुनै पनि काम चुस्त दुरुस्त गर्नुपर्छ’, मन्त्री केसीले भने, ‘मैले यहाँहरुको कामको राम्रोसँग मूल्याङ्कन गर्नेछु। सुरक्षामा कमी कमजोरी भए अनेकौं किसिमका घटना, अपराध हुन सक्छन्। यो कुरालाई कहिले पनि नभुल्नुहोला।’
उक्त अवसरमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले लमहीको शान्ति सुरक्षामा कुनै कमी कमजोरी नभएको रिपोर्टिङ गरेका थिए।