डडेल्धुरा अस्पतालको अपिल: डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो, अन्यत्रै लैजाऔं

डडेल्धुरा अस्पतालको अपिल: डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो, अन्यत्रै लैजाऔं
+
-

धनगढी–  सात दिनदेखि डडेल्धुरामा अननशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ।

आइतबार बेलुका डडेल्धुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएकोले अन्यत्र लैजान अपिल गरेको छ।

अस्पतालका अनुसार डाक्टर केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा घटेको, मृगौलामा समस्या देखिएको र शारीरिक अवस्था पनि कमजोर बन्दै गएकोले उनलाई सुरक्षित स्थानमा लैजान आवश्यक छ।

अस्पतालमा आईसियु, एविजी सेवा नरहेको र दक्ष जनशक्तिको अभाव भएकोले अन्यत्र लैजान अपिल गरिएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्ड डाक्टर जितेन्द्र कँडेलले बताए। डडेल्धुरा अस्पताल कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न सक्ने अवस्थामा नरहेको समेत कँडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

डाक्टर केसीले जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दूरीमा सञ्चालनमा रहेको निर्मल कलौनीको तेस्रो तलाको एउटा चिसो कोठामा गत सोमबारदेखि आफ्नो १७ औँ सत्याग्रह सुरु गरेका थिए। उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?