कास्कीमा १० स्वतन्त्र सहित २१ उम्मेदवार चुनावी रिङमा

कास्कीमा १० स्वतन्त्र सहित २१ उम्मेदवार चुनावी रिङमा
+
-

पोखरा-आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा २१ उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन्।

उपनिर्वाचन कार्यक्रम तालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार प्रकाशन गरेको अन्तिम नामावली अनुसार १० स्वतन्त्र सहित ११ दलीय उम्मेदवारी दर्ता भएको हो।

गत बिहीबार २५ जनाले मनोनयन दर्ता पेश गरेको भएपनि विभिन्न ३ पार्टीका उम्मेदवारको समानुपातिक बन्द सूचिमा नाम रहेकाले दर्ता हुन सकेको थिएन ।
२२ जनामध्ये आइतबार १ स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले आफ्नो मनोनयनपत्र फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश काजीबहादुर राईले जानकारी दिए।

चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसीको नाम दर्ता भएको छ।

विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवारी दिएकी जमुना शर्माको नामसमेत स्वतन्त्रमा दर्ता भएको छ। उक्त दल आयोगमा नाम दर्ता नभइसकेकाले स्वतन्त्रको हैसियतमा जमुनाको उम्मेदवारी दर्ता भएको हो।

नेपाल कम्युनिस्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला तथा सुनील भुसालको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत राईले जानकारी दिए।

मनोनयनपत्र दर्ताका लागि दरखास्त पेस गरेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहको उम्मेदवारी दर्ता हुन सकेन।

गत आमनिर्वाचनमा दलको तर्फबाट आयोगमा समानुपातिको बन्द सूचिमा नाम समावेश भएकाले नाम दर्ता हुन नसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

हेर्नुहोस् २१ उम्मेदवारको अन्तिम नामावलीः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?