अलबिदा

‘रुप की रानी’ श्रीदेवी र उनका चर्चित चलचित्र

‘रुप की रानी’ श्रीदेवी र उनका चर्चित चलचित्र
+
-

अभिनय, सौन्दर्य र त्यो भन्दा पनि सरल मानवीय व्यवहारले सबैको मनमा बास बसेकी श्रीदेवीले यो भौतिक संसार छोडेकी छन् । सानै उमेरमा चलचित्र क्षेत्रमा लागेर ३०० चलचित्रमा अभिनय गरेकी श्रीदेवीले जीवनको सामान्य अंश पनि बाँच्‍न पाइनन्।

श्रीमान बोनी कपूर र कान्छी छोरी खुशी कपूरसँग पारिवारिक विवाह समारोहका लागि दुबई गएकी श्रीदेवीको शनिबार राति हृदयघातका कारण निधन भएको हो ।

चार वर्षको हुँदादेखि चलचित्र अभियनमा लागेकी श्रीदेवीले यो उद्योगमा ५० अनि जीवनको रंगशालमा ५४ वर्ष मात्रै समय पाइन् । पर्दामा धेरै पटक धेरैलाई रुवाउँदै हँसाएकी रुपकी रानी श्रीदेवीले अचनाक काया छोड्नु परेको छ।

श्रीदेवीको निधन

श्रीदेवीकी ठूली छोरी जाह्नवी कपूर चलचित्रको छायाँकनका लागि मुम्बईमा थिइन् । उनी अन्तिम समयमा आमाको साथमा रहन पाइनन् ।

लेडी अमिताभ बच्चनका रुपमा लिइने श्रीदेवीले हिन्दी चलचित्रमा निकै ठूलो योगदान गरेकी छन् । यस्तै उनले तेलुगु, तमिल, कन्नडा र मलयालम चलचित्रमा पनि अभिनय गरेकी छन् ।

सन् १९९७ मा चलचित्रबाट ब्रेक लिएकी उनले सन् २०१२ मा इंग्लिस विंग्लिसबाट कम ब्याक गरिन्, त्यो पनि सुपर हिटकै रुपमा ।

उनको जन्म सन् १९६३ को अगस्ट १३ मा तमिलनाडुमा भएको हो । चार वर्षको उमेरमा तमिल चलचित्र कन्धन करुणईबाट उनले आफ्नो चलचित्र यात्राको सुरुवात गरेकी थिइन् ।

उनले बालकलाकारको रुपमा तेलुगु र मलयालम चलचित्रमा पनि उनले अभिनय गरेकी छन् । दक्षिण भारतीय चलचित्रमा अभिनय गरेपछि उनले सन् १९७९ मा सोलहवां साल चलचित्रबाट मुख्य कलाकारको रुपमा हिन्दी चलचित्रको यात्रा सुरु गरेकी हुन् ।

सन् १९८० को दशकलाई अभिनेत्रीको हिसाबले श्रीदेवीको दशकको रुपमा लिने गरिन्छ । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट चलचित्र दिएकी छन् । उनलाई लेडी अमिताभ बच्चन पनि भन्ने गरिन्छ ।


जितेन्द्र र उनको जोडी चलचित्रमा निकै रुचाइएको जोडी हो । यी दुईले हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता हिट चलचित्रमा सँगै काम गरेका छन् ।

उनले सन् २०१३ मा भारतको चौथो उच्चतम नागरिक पुरस्कार पद्यश्री सम्मान पाएकी थिइन् ।

उनले सन् १९८३ मा चलचित्र हिम्मतवालाबाट निकै चर्चा कमाइन् । उनका सदमा, नागिन, निगाहें, मिस्टर इन्डिया, लम्हे, खुदा गवाह, जुदाई जस्ता चलचित्र रहेका छन् । उनले अहिलेसम्म पाँचपटक फिल्मफेयर अवार्ड जितेकी छन् ।

श्रीदेवीको व्यक्तिगत जीवन

चलचित्र करिअरको उचाईमा रहेका बेला उनी र मिथुन चक्रवर्तीबिच प्रेम सम्बन्ध रहेको खबर खुब आएको थियो । त्यसबेला उनीहरुले चुचाप विवाह गरेको खबर पनि नआएका होइनन् ।

यसले मिथुनको वैवाहिक जीवनमा निकै असर परेको थियो । त्यसपछि उनले श्रीदेवी र आफ्नो बिचमा केही नरहेको भन्दै सफाइ दिएका थिए । श्रीदेवीले सन् १९९६ मा निर्देशक बोनी कपूरसँग विवाह गरिन् । उनका दुई छोरी छन् ।

श्रीदेवीका चर्चित फिल्म

हुन त उनका सबै चलचित्र उत्कृष्ट छन् ।

यसमा पनि जुली, सोलवां सावन, सदमा, हिम्मतवाला, जाग उठा इन्सान, अक्लमन्द, इंकलाब, तोहफा, सरफरोश, बलिदान, नया कदम, नगिना, घर संसार, नया कदम, मकसद, सुल्तान, आग और शोला, भगवान, आखरी रास्ता, जांबांज, वतन के रखवाले, जवाब हम देंगे, औलाद, नजराना, कर्मा, हिम्मत और मेहनत, मिस्टर इन्डिया, निगाहें, जोशीले, गैर कानुनी, चालबाज, खुदा गवाह, लम्हे, हीर राँझा, चाँदनी, रुप की रानी चोरों का राजा, चन्द्रमुखी, चाँद का टुकडा, गुमराह, लाडला, आर्मी, जुदाई, हल्ला बोल, इंग्लिस विंग्लिस र मम् चर्चित छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?