इपिजीको सातौँ बैठक सकियो, दुवै देशलाई साझा प्रतिवेदन बुझाइने

इपिजीको सातौँ बैठक सकियो, दुवै देशलाई साझा प्रतिवेदन बुझाइने
+
-

काठमाडौं- नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को सातौँ बैठक सकिएको छ।

आइतबार आयोजित पत्रकार सम्‍लेनमा मस्यौदाको स्वरुपलाई अन्तिमरुप दिने सहमति सहित बैठक सकिएको समूहका एक सदस्य भगतसिंह कोसियारीले देश सञ्‍चारलाई बताए। उनले भने, ‘ मैत्री एवं सौहार्दपूर्ण वातावरणमा भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा विचारविमर्श भयो। हामी सकारात्मक दिशातर्फ उन्मुख छौ।’

यस्तै इपिजी अर्का सदस्‍य भेष बहादुर थापाले दुवै देशका सरकारलाई साँझा प्रतिवेदन बुझाउने जानकारी दीए। उनले भने, ‘नेपाल भारत भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति हामी प्रतिवेदनलाई लिखित रुपमा दिन्छौ।’

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उक्त सहमति भएको थियो। त्यसअघि २३ वर्षपछि काठमाडौँमा नै सम्पन्‍न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई इपिजी गठनका निम्ति आवश्यक गृहकार्य गर्न निर्देशन दिएको थियो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका बेला परिवर्तित परिस्थितिअनुरुप बहुआयामिक नेपाल–भारत सम्बन्धलाई प्रगतिशील एवं अग्रगामी तुल्याउन इपिजी गठनको आवश्यकतामा जोड दिइएको थियो, जसलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वीकार गरेका थिए।

सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी चार महिनामा समाप्त हुँदैछ।

सम्बन्धित समाचार 

नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा सुरु

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’