सरकारकाे नारा राष्ट्रवाद, व्यवहार लम्पसारवाद: देउवा

सरकारकाे नारा राष्ट्रवाद, व्यवहार लम्पसारवाद: देउवा
+
-

धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार राष्ट्रवादको नारा दिएर लम्पसारवादमा अघि बढेको आराेप लगाएका छन्।

भारतले नेपाली भुमि आफ्नो नक्सामा देखाए पनि भारतसँग वार्ता गर्नुको सट्टा सरकारले लम्पसारवाद देखाएको आरोप लगाएका हुन्।

शनिबार धनगढीमा आयोजित नेपाल महिला संघको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले भारतले अहिले ल्याएको नक्सा गलत भएकाले सरकारले कुटनितिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्ने बताए।

उनले महाकाली सन्धिमा महाकाली नदीलाई दुई देशको सीमाना मानिएको उल्लेख गर्दै अहिले भारतीय पक्षबाट नदी वारी पनि सिमा मिच्नु दु:खद रहेको उल्लेख गरे। भारतले त्यही सन्धि अनुसार कार्यान्वयन गर्नुपर्ने देउवाको भनाई छ।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु आचारसंहिता उलंघन गर्दै स्वेच्छाचारी ढंगले हिँडिरहेकाे समेत सभापति देउवाले आरोप लगाए।

‘मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएकाले यसको पालना गराउन निर्वाचन आयोग पनि गम्भिर बन्नुपर्छ।’ सभापति देउवाले भने, ‘नेकपा सरकारका जन भावना विपरितका कामकाे विरुद्ध अब कांग्रेसका कार्यकर्ता सशक्त भएर लाग्नुस्। सरकार दिनप्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?