
काठमाडौं- माइक्रोसफ्टका संस्थापक तथा बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनका अध्यक्षसमेत रहेका बिल गेट्सले पानी बिनाकै चर्पीको निर्माण गरेका छन्।
गत मंगलबार चीनको बेइजिङमा भएको चर्पीहरुको एक्सपोको उद्घाटन गर्दै उनले भनेका छन्, ‘अब साधारण ट्वाइलेटभन्दा स्मार्ट ट्वाइटेको जमाना आयो जहाँ पानी नै भइकन पनि दिसा बस्न सकिनेछ। साथै मलमूत्रलाई मलको रुपमा प्रयोग गर्न सक्छौँ।’
बिल गेट्सका अनुसार उक्त ट्वाइलेटको प्यानलाई प्राविधिक रुपमा निर्माण गरिएको छ, जहाँ मानव मलमूत्रलाई मलको रुपमा रुपान्तरण गर्न सकिनेछ। यसका साथै त्यसलाई केमिकल हालेर तरल र ठोस रुपमा समेत मलको रुपमा प्रयोग गर्न सक्ने उनले बताएका छन्।
उनले उक्त चर्पी निर्माण गर्नुको कारण बताउँदै भनेका छन्, ‘हामी आफ्नो सरसफाइको लागि आफै परिवर्तनकारी भूमिका निभाउनु जरुरी छ। अहिले विश्व स्मार्ट हुन थालिसकेको छ। तर मैले अहिले पनि चर्पी भने उही पुरानो रुपमा देखिरहेको महसुस गरिरहेको छु। त्यसकारण मैले ट्वाइलेटमा पनि स्मार्ट होस भनेर ट्वाइलेट टेक्नोलोजी ल्याउने प्रयास गरेको छु।’
यसका लागि उनको संस्था बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले २० अर्ब लगानी गरेको छ।चर्पी एक्सपोमा बोल्दै गेट्सले भनेले भने, ‘सरसफाइमा प्रत्येक पाँच वर्षमा बालबालिकाले चर्पीबाट निस्कने लाखौं किटाणुको सिकार भइरहेको तथ्यांक छ। त्यसको लागि मेरो संस्थाले यो स्मार्ट ट्वाइलेटको लागि २० अर्ब रुपैयाँ लगानी छुट्याएको छ। यसले मानिसहरुको जीवनमा परिवर्तन ल्याउनेछ भन्ने म प्रतिबद्धता व्यक्त गर्दछु। ‘
यसका साथै उनले यो स्मार्ट ट्वाइलेटको लागि ट्वाइलेटको प्रशोधन गर्नतर्फ लागिपरेको बताउँदै सन् २०३० सम्ममा बजारमा करीब ६ अर्ब रुपैयाँ बराबरको स्मार्ट ट्वाइलेट पुगिसक्ने दावी गरे।