कैलाली जिल्ला अदालतका श्रेस्तेदारविरुद्ध जबरजस्ती करणीको आरोप

कैलाली जिल्ला अदालतका श्रेस्तेदारविरुद्ध जबरजस्ती करणीको आरोप
+
-

धनगढी– कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको छ।

नेपालगञ्जकी एक महिलाले आफूमाथि जबरजस्ती करणी गर्दै भ्रूण हत्या गरेको आरोपसहित जिल्ला प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार आफू गिरीकी कान्छी श्रीमती बताउने ती महिलाले बुधबार जिल्ला प्रहरीमा जाहेरी दिएकी हुन्।

प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘आज जाहेरी आएको छ, भोलि बिहीवार सरकारी वकिलमार्फत अदालतबाट अनुमति मागेर प्रकृया अघि बढछ।’

झण्डै दुई वर्षअघि विवाह गरेको बताउने ती महिलाले आफूमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन्।  गिरीसँग सहमतिमै विवाह गरेको बताउने ती महिलाले आफ्नो प्रजनन् अधिकारमाथि प्रहार भएको बताएकी छन्।

जिल्ला अदालतका श्रेस्तेदार गिरीले महिलाको आराेपमा कुनै सत्यता नभएको दाबी गरे। उनले आफूहरु बीच समान्य पारिवारिक बेमेल भने रहेको स्वीकारेका छन्।

ती महिलाले गिरीले सुसाईट नोट लेखेर पेटमा भएको शिशु नफालेमा आत्महत्या गर्ने भन्दै भ्रूण हत्या गराएको आरोप लगाएकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?