
अ
+
अ
अ
-
धनगढी– कैलालीको गोदावरीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बुधबार बेलुका ७ बजे से १ ज ७३९ नम्बरको जीपले गोदावरी–२ तेघरीमा सोही ठाउँका ३४ बर्षे टेवान टमाटालाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार महेन्द्रनगरबाट डडेलधुरा जाँदै गरेको सो जीपले पैदल हिँडिरहेका टमाटालाई ठक्कर दिएको हो। जीपको ठक्करबाट गम्भीर घाइते भएका टमाटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।
टमाटालाई उपचारका लागि पद्मा अस्पताल लगिएकोमा थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
अस्पतालमा राति साढे ८ बजे उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। जीप र चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए।