धनगढीमा मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव

धनगढीमा मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव
+
-

धनगढी– विगत १३ वर्षदेखि उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा आयाेजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १४ औँ संस्करण मंसिर २२ गतेदेखि धनगढीमा हुने भएको छ।

सुदूरपश्चिमका विकास सम्बन्धी मुद्दा र माग राख्दै मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हरेक वर्ष कैलालीको धनगढीमा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको हो।

मंगलबार कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको १४ औँ संस्करणका बारेमा जानकारी दिएको छ। प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रदर्शन गर्न महोत्सव आयोजना हुन थालेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा एक करोडभन्दा बढीको लगानी लाग्ने अध्यक्ष कुवँरले जानकारी दिए।

महोत्सवमा कृषि, मह, जडीबुटी, हस्तकला, अल्लोका सामान, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक सामान, होटल र सूचना प्रविधि गरी तीन सय स्टल राखिने बताउँदै अध्यक्ष कुँवरले महोत्सवकाे करिब ३ लाख व्यक्तिले अवलोकन गर्ने संघको अनुमान रहेको बताए।

१३ वर्षअघि सुदूरपश्चिमका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १४ औँ संस्करणमा आउन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ।

‘उद्योग वाणिज्य संघले १३ वर्ष अघि तत्कालीन सरकारलाई सुदूरपश्चिमको विकासका लागि भन्दै २१ बुँदे माग राख्दै शालिन आन्दोलनको सुरुवात गरिएको थियो,’ उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले भने, ‘१३ वर्षको अवधिमा जम्मा ५ माग मात्रै सरकारले पूरा गरेको छ, १६ माग अझै बाँकी नै छन्।’

महोत्सव उद्घाटनका समयमा प्रमुख अतिथिलाई उद्योग वाणिज्य संघले २१ किलोको माला लगाएर माग राखेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?