
नयाँ दिल्ली- विधिविज्ञान प्रयोगशालाको रिपोर्टले चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन पानीमा डुबेका कारण भएकाे देखाएको छ।
श्रीदेवीको ५४ वर्षको उमेरमा शनिबार राति दुबईमा निधन भएको थियो। उनको मृत्युको कारण हृदयाघात भएकाे बताइएको थियो।
तर, विधिविज्ञान प्रयोगशालाको रिपोर्टमा श्रीदेवीको निधन पानीमा डुबेर भएकाे देखाएकाे दुबईको स्थानीय अखबार खलीज टाइम्सले उल्लेख गरेको छ।
अलविदा चाँदनी! अलविदा श्रीदेवी!
अखबारका अनुसार बाेनी कपुरले श्रीमतीलाई बाथटबमा लडिरहेको अवस्थामा भेटेका थिए। डिनरका लागि जान लाग्दा बोनी कपुरले अचेत अवस्थामा श्रीदेवीलाई बाथटबमा भेटेको जनाइएको छ।