
काठमाडौं- दुबईमा श्रीदेवीको निधन पश्चात उनको पार्थिव शरीर अझैसम्म भारत ल्याइएको छैन। पोस्टमार्टमको रिपोर्ट अनुसार श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको बताइएको छ। दुबई पुलिसले उनका पति बोनी कपुरसँग ३.५ घण्टासम्म सोधपुछ गरेको छ।
Just In: Dubai police chief stated that it will take more time to release late Sridevi’s body and death certificate will be issued ones forensic reports are received! #Sridevi #sridevideath #srideviji pic.twitter.com/OS1JxsmxFq
— Peeping Moon (@PeepingMoon) February 26, 2018
रिपोर्टसका अनुसार बोनी कपुरले नै पहिलो पटक बाथटबमा श्रीदेवीलाई बेहोस अवस्थामा देखेका थिए। पीङपिङमुनका अनुसार चार पुलिस अफिसरले बोनीसँग करीब साढे तीन घण्टा सोधपुछ गरेका छन् भने उनको बयान क्यामरामा रेकर्ड गरिएको छ।
यसका साथै प्रहरीले थप तीन जनाको पनि बयान दर्ता गरेको छ, जुन श्रीदेवीलाई अस्पतालमा लैजाने बेलामा बोनीसँगै थिए। रिपोर्टका अनुसार जब श्रीदेवी बेहोस थिइन्, तब बोनीले नै ती तीन जनालाई अस्पताल लैजान बोलाएका थिए। अस्पतालका दुई डाक्टर तथा पाँच सहायकको नि बयान लिएको छ।
श्रीदेवी दुबई आफ्नो भतिजा मफहित मारवाहको वैवाहिक कार्यक्रममा सहभागी हुन गएकी थिइन्। विवाहपछि सबैजना फर्किसकेका थिए। तर, श्रीदेवी त्यहीँ बसेकी थिइन्।
Forensic report: Accidental drowning is cause of #Sridevi‘s death. https://t.co/vYS1il1E7T pic.twitter.com/BY2XjEG1nr
— Gulf News (@gulf_news) February 26, 2018
यस्तै गल्फ न्युजका अनुसार श्रीदेवी नशामा थिइन् र त्यही कारण बाथटबमा खस्न पुगेकी थिइन् र यही कारण उनको देहान्त हुन पुगेको बताइएको छ।
भारतीय पत्रपत्रिकामा उल्लेख भएअनुसार प्रहरी अफसर मोहसिन अब्दुल कविले इन्डिया टुडेलाई भनेका छन्, ‘श्रीदेवीको पार्थिव शरीरसँग जोडिएका सबै कागजात भारतीय उच्चआयोगलाई जिम्मा लगाइएको छ। साथै उसको डेथ सर्टिफिकेट पनि दिइएको छ।’ पोस्टमार्टमका अनुसार उक्त कागजात एकदमै गोप्य राखिएको छ भने उनको पार्थिव शरीरलाई घर भाग्य बंगला (वर्सोवा)मा ल्याउने बताइएको छ।
श्रीदेवीको निधनको खबर सुनेर पाकिसतानी अभिनेत्रीहरु पनि स्तब्ध भएका छन्। श्रीदेवीसँग फिल्म ‘मोम’मा स्क्रिन सेयर गरेकी पाकिस्तानी अभिनेत्री अदनान सिद्दिकी श्रीदेवीको मृत्युपश्चात बोनी कपुरसँग भेटेर चिन्ता व्यक्त गरेकी थिइन्।