
काठमाडौं-मानिसहरु आफूलाई वाथ रोगबाट बच्न अनेक उपायरुको खोजी गरिरहेका हुन्छन्। खासगरी शारीरिक रुपमा कमजोर हुन थालेपछि जोर्नी र जीउ दुख्ने समस्या आउन थालेपछि वाथ रोग भएको महसुस गर्छन् र उपचारको खोजी सुरु गर्छन्।तर यसबाट जोगिन समयमै रोग पहिचान गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन्।
वाथ रोगबारे सिभिल अस्पतालका डा. रमेश पन्तले भन्छन्, ‘शरीरमा अम्लीय तत्व बढेर रगतलाई दूषित पार्ने र सोही दूषित रगत युरिक या प्रुसिड एसिडका रुपमा हात खुट्टा र जोर्निहरुमा प्रवेश गर्दछ। त्यस स्थितिमा जोर्नी सुनिने र दुख्ने गर्दछ। जसका कारण ज्वरो आउने पनि गर्छ।’
डा. पन्तका अनुसार यो रोग लाग्नुमा लामो समयदेखिको गलत खानपान, चिसो-चिल्लो खानेकुरा, रातोमासु, गेडागुडी र मसलादार खानाको अत्याधिक प्रयोग बढी जिम्मेवार हुन्छ। यसका साथै लामो समयदेखि कब्जियत हुने व्यक्तिमा पनि यो रोगको लक्षण देखा पर्ने गरेको र वंशाणु गुणका कारणले पनि हुने उनको भनाई छ।
वाथ रोगका लक्षण
- विहान उठ्ने बेलामा हात खुट्टा दुख्ने
- हात खुट्टाका औंला दुख्ने सुन्निने
- घुँडा दुख्ने
- गोली गाँठा र जोर्नीहरु दुख्ने सुन्निने
- पानीमा काम गर्दा छालाको रङमा परिवर्तन आउने
- छालामा घाउ खटिरा आउने निलो डाम देखिने
- ढाड कम्मर जीउ दुख्ने
- पिडौला कुर्कुच्चा पौतला पोल्ने
कसरी बच्ने?
वाथ रोग हुनेहरुले खानपानमा निकै ख्याल गर्नुपछ भिटामिन ए, डी र इ तत्व पर्याप्त मात्रामा खाने गर्नु पर्छ। तर प्रोटिन भएका खानेकुरा खानु हुदैन। जस्तो: टमाटर, पालुग्ङो , तोरीको साग बाथ रोगीका हानिकारक हुन्छ।
काचो तरकारीहरुको रस, गाँजर, स्याउ, मौसम, अनार, जस्ता फल खानु उपयोगी मान्निछ। मद्यपान, धूम्रापान गर्नुहुदैन्। त्यस्तै जंगफुडको प्रयोग पनि गर्नु हुदैन्।