सीमामै विषादी जाँच्‍न निर्देशन

सीमामै विषादी जाँच्‍न निर्देशन
+
-

काँकडभिट्टा-मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उनले निर्देशन दिए। मानव स्वास्थ्यमा घातक असर पुर्‍याइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न आफू अब गम्भीर भएर लाग्ने जानकारी दिँदै उनले भारतबाट आउने सबै खाद्य वस्तुलाई अनिवार्य गुणस्तर जाँच्न निर्देशन दिए।

माछा, तरकारी, फलफूल, पेय पदार्थ, पत्रुखानालगायत सबै खाद्य वस्तु अब सीमामा नजाँची भित्र्याउन नदिइने नगरपालिकाले नीति लिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए।

सीमाका कार्यालयले सुँघेर र छामेर माछालगायत खाद्य वस्तुको गुणस्तर जाँच गर्ने पुरानो चलन तत्कालै बदलेर वैज्ञानिक प्रयोगशालाको माध्यमबाट गुणस्तर जाँच्न नगर प्रमुख आचार्यले निर्देशन दिए।

भन्सार कार्यालयका अधिकृत गणपति कँडेलले गुणस्तर जाँचेको प्रमाणपत्रका आधारमा मात्र सामानको आयात अनुमति दिने गरिएको र त्यसैबमोजिम कर असुल्ने गरिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?