
काठमाडौं- बलिउडकी अभिनेत्री श्रीदेवीको मृत्युको घटनालाई लिएर सनसनी खबर आइरहँदा बिजेपीका एक नेताले भने उनको हत्या गरेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘श्रीदेवीले रक्सी होइन, त्यो रात बियर पिएकी थिइन्। उनको बाथटबमा डुबेर मृत्यु भएको होइन, हत्या गरिएको हो।’ उनले यसको सत्यतथ्य चाँडै सार्वजनिक गर्नु पर्ने माग गरेका छन्।
उनले श्रीदेवी डुबेको बाथटबको सीसीटीभीको फुटेज किन बाहिर नल्याएको भन्दै प्रश्न गरेका छन्।
उनले श्रीदेवीको पार्थिव शरीरलाई अहिलेसम्म नल्याउनु, बिचमै फरेन्सिक रिपोर्ट गायब हुनुले श्रीदेवीको हृदयाघातले मृत्यु होइन, योजनावद्ध ढंगले हत्या गरिएको जिकिर गरेका छन्।
श्रीदेवीको पार्थिव शरीरमा लेप लगाउन ढिलाइ
यता, श्रीदेवीको पार्थिव शरीरमा लेप लगाउने प्रक्रिया सुरु भएकोले सरकारी वकिलेको अनुमतिपछि मात्रै भारतमा ल्याउने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यस्तै बोनी कपुरका छोरा र फिल्म अभिनेता अर्जुन कपुर पनि दुबईको लागि प्रस्थान गरेका छन्। अर्जुन कपुर बोनी कपुरकी पहिली पत्नी मोना कपुरका छोरा हुन्।
यसअघि आइतबार दुबई प्रहरीले श्रीदेवीका पति बोनी कपुरसँग साढे तीन घण्टा बयान लिइसकेको छ। उसलाई सोमबार पनि दुबइ प्रहरीले सोधपुछका लागि बोलाएको थियो।
तर दुबई प्रहरी तथा अस्पतालको तर्फबाट जाँच गरिए पनि सरकारी वकिलको तर्फबाट भने जाँच्ने कुनै अनुमति दिइएन। सरकारी वकिलको मृत्युको कारण,स्थान समय सबै कुराको जाँचपछि मात्रै उसको पार्थिव शरीरलाई अनुमति दिनेछन्।
श्रीदेवीको शव फरेन्सिक विभागमा
दुबई प्रहरीले खलीज टाइम्सलाई बताए अनुसार श्रीदेवीको पार्थिव शरीर करीब ४४ घण्टादेखि दुबईको जनरल डिपार्टमेन्ट अफ फरेन्सिक एभिडेन्समा राखिएको छ।
आइतबार बिहानदेखि अभिनेत्री श्रीदेवीको मृत्युको जाँच जारी छ। आइतबार राति २:३० बजेदेखि उनको पार्थिव शरीर जनरल डिपार्टमेन्ट अफ फरेन्सिक एभिडेन्समा राखिएको छ।