प्रदेश एकमा अशक्त र विपन्‍न नागरिकलाई १० प्रतिशत नि:शुल्‍क सेवा उपलब्ध गराउन निर्देशन

प्रदेश एकमा अशक्त र विपन्‍न नागरिकलाई १० प्रतिशत नि:शुल्‍क सेवा उपलब्ध गराउन निर्देशन
+
-

मोरङ-प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयले सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुलाई अशक्त र विपन्‍न नागरिकहरुका लागि अनिवार्य रुपमा १० प्रतिशत निःशुल्क सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

विराटनगरस्थित मन्त्रालयमा मंगलबार आयोजित छैटौं राष्ट्रिय स्वास्थ्य दिवस २०७४ का अवसरमा समाजिक मन्त्री जीवन घिमिरेले स्वास्थ्य संस्थाहरुले रक्तचाप जा“चमा कुनैपनि प्रकारको शुल्क नलिन व्‍यवस्था गरेको जानकारी दिए।

उनले भने, ‘सम्बन्धित निकायमा प्रभावकारी अनुगमन लागि निर्देशन पनि दिइएको छ। यहाँ अशक्त र विपन्‍नका लागि सवै स्वास्थ्य संस्थाहरुले तोकिएको छुट रकम मिनाह गर्नुपर्नेछ।’

नीजि अस्पतालहरुले उक्त छुट रकमको सेवा नदिए करबाही गरिने मन्त्री घिमिरेको भनाइ रहेको छ।उनले भने,’आम समुदायबाट धेरै गुनासो आएकोछ, त्यसलाई कार्यान्वयन गर्न मन्त्रालयले नीजि अस्पताल सञ्चालकलाई निर्देशन दिईसकिएकोछ।कार्यान्वयन नभए कडा कार्वाही हुनेछ।’

स्वास्थ्य दिवसका क्रममा मन्त्रालयले प्रभातफेरीको साथै क्षयरोगका विरामीहरुलाई मन्त्रालयले फलफुल वितरण गरेको थियो। कार्यक्रममा दिवसका दिन आज, ६५ वर्षमाथिका विरामीलाई, ओपिडी सेवामा निःशुल्क परामर्शसंगै उपचारमा ५० प्रतिशत छुट गरिएको मन्त्रालयले जनाएको छ।

सो क्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले झापा जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदेश नम्बर एकमा उत्कृष्ठ कार्य गरेकोमा सम्मान गरिएको थियो।

त्यसैगरी, मङ्गलबार नै बसेको मन्त्रालयको बैठकमा मन्त्री घिमिरेले प्रदेशका १४ जिल्लाकै स्वास्थ्य कार्यालय प्रमुखलाई अस्पतालले १० प्रतिशत छुट सेवा प्रदान गरे नगरेको विषयमा अनुगमन गर्न निर्देशन दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?