फोटो फिचर

यस्तो देखिन्छ रातिमा बुद्ध जन्मस्थल लुम्बिनी

यस्तो देखिन्छ रातिमा  बुद्ध जन्मस्थल लुम्बिनी
+
-

लुम्बिनी, बुद्धको जन्मभूमि । यो ठाउँ प्रदेश ५ को रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्छ ।

इशापूर्व ६२३ मा लुम्बिनी बगैँचामा महारानी मायादेवीका कोखबाट सिद्धार्थ गौतम जन्मिएका थिए । कपिलवस्तुको तिलौराकोटमा रहेको दरबारबाट माइती देवदह जाँदै गर्दा लुम्बिनी बगैँचामा मायादेवीले सिद्धार्थलाई जन्म दिएकी थिइन् ।

त्यही बगैँचामा इशापूर्व २४९ मा मौर्य सम्राट अशोकले भ्रमण गरे र आफू बुद्धजन्मस्थल लुम्बिनी आएको अभिलेख स्तम्भमा कुँदाएका थिए ।
बुद्ध जन्मेको प्रमाणका रूपमा फेला परेको अशोक स्तम्भको १९८९ मा उत्खनन् गरी पूर्णभाग सतहमा ल्याइएको थियो ।

अहिले लुम्बिनी संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरूबिच विश्वशान्तिको मुहानका रूपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचिमा समेत सूचिकृत छ ।

लुम्बिनीको विकास र संरक्षणका लागि संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ मा लुम्बिनीको भ्रमण गर्दै गुरुयोजना बनाउन जापानी वास्तुकलाविद प्रोफेसर केन्जो टांगेलाई लगाएका थिए ।

सोही गुरुयोजनाअनुरुप संरचनाहरु निर्माण हुँदैजाँदा अहिले लुम्बिनी थप सुन्दर बन्दै गएको छ । केही संरचनाहरु निर्माण सम्पन्न भएका छन् भने केही निर्माणकै क्रममा रहेका छन् । गुरुयोजनाको बाँकी काम पूरा गर्न अरु ६ अर्ब रुपैयाँ लाग्ने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई बताउँछन् ।

गुरुयोजनाको करिब ८० प्रतिशत काम सकिँदा लुम्बिनी थप मनमोहक बनेको छ । रातिको समयमा मायादेवी मन्दिर, शान्तिदीप, बेवीबुद्ध, केन्द्रीय नहरमा बालिने आकर्षक बत्तीका कारण लुम्बिनी रमणीय बन्दै गएको छ ।

देश सञ्चारका सी पी खनालले रातिको समयमा देखिने लुम्बिनीको मोहकता केही तस्बिरमा समेटेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?