सिमकोट – नेपालगञ्जबाट सिमकोट विमानस्थलका लागि उडान भरेका दुईवटा जहाजहरु अवतरण गर्न नसकेर फिर्ता भएका छन् । जहाजहरु सिमकोट पास छिर्ने बित्तिकै हावाको नट बढेपछि विमानस्थलमा अवतरण गर्न नसकेर फिर्ता भएका हुन् ।
सिमकोट क्षेत्रमा छिर्ने बित्तिकै हावाको चाप २० देखि ३० पुग्ने गरेको भएपनि दुई जहाजका क्याप्टेनहरुले एक पटक ल्याण्डिङको प्रयास गर्नेे बताए पनि ल्याण्डिङ पोजिसन लिने बरगाउँ डाँडामा जहाज आई पुग्दा हावाको चाप १८ नट पुगेपछि फिर्ता हुनु परेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख उज्वल तिवारीले बताए ।
दुईवटा समिट र ताराका जहाजहरुले सिमकोट क्षेत्रमा छिरे पनि हावाको चाप बढी हुँदा दुवैै जहाज फिर्ता भएको उनले बताए । दुई मध्य तारा एयरमा केही यात्रु र केही काग्रोको सामान थियो भने समिट एयरमा सबै काग्रोको सामान थियो । सिमकोटमा आज बिहानैबाट हावा चलिरहेको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































