बेहुलीझैँ सिंगारियो श्रीदेवीको पार्थिव शरीर

श्रीदेवीलाई श्रद्धाञ्‍जली दिन श्‍वेतवस्त्रमा ओइरिए बलिउड कलाकार

श्रीदेवीलाई श्रद्धाञ्‍जली दिन श्‍वेतवस्त्रमा ओइरिए बलिउड कलाकार
+
-

काठमाडौं- बलिउडकी पहिलो लेडी सुपरस्टार श्रीदेवीको बुधबार दिउँसो ३: ३० बजे अन्‍तिम संस्कार गरिने भएको छ। त्‍यसअघि उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलिका लागि अंधेरीको सेलिब्रेशन स्पोर्ट्स क्लबमा राखिएको भारतीय सञ्‍चारमाध्‍यमले जानकारी दिएका छन्।

बेहुलीझैँ सिंगारिएको श्रीदेवीको पार्थिव शरीरमा अन्तिम दर्शनका लागि बलिउडका कलाकारहरु श्‍वेतवस्त्रमा आइपुगेका छन्। दिउँसो उनको शवयात्रा त्‍यहीँबाट सुरु हुने बताइएको छ। अंधेरीस्थितर सेलिब्रेशन स्पोर्ट्सबाट विले पार्लेसम्‍मको दूरी ७.५ किलोमिटर छ। श्रीदेवीको अन्तिम संस्कार विले पार्ले श्मसान घाटमा गरिनेछ।

६४ घण्टापछि श्रीदेवीको पार्थिव शरीर परिवारलाई जिम्‍मा लगाइयो, बुधबार अन्तिम संस्कार


श्रीदेवीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलिका बलिउडका कलाकारहरु लगायत फ्‍यानहरुको भीड लागेको छ। फिल्‍म शोलेका निर्देशक रमेश सिप्पी आफ्नी पत्‍नीका साथ पुगेका छन् भने नेहा धुपिया, सोहा अली खान पनि त्‍यहाँ पुगेका छन्। यस्तै करण जौहर, उर्वशी रौटेला, ठाकरे परिवार तथा अरबाज़ ख़ान अन्तिम दर्शनका लागि बिहानै पुगेका छन्।

अभिनेत्री सोनम कपुर तथा फिल्म डायरेक्टर फराह खान, छोरीका साथ हेमा मालिनी, ऐश्‍वर्या राय बच्‍चन पैदल नै हिँडेर अन्तिम श्रद्धाञ्‍जलीका लागि पुगेका छन्। त्‍यसको केही क्षणमै पूर्वमिस युनिभर्स सुष्मिता सेना पनि त्‍यहाँ पुगेकी छिन्।

त्‍यसै गरी बलिउडकी अभिनेत्री तब्बु, अक्षय खन्‍ना तथा सुभाष घई पनि श्रद्धाञ्‍जली सभामा उपस्थित भएका छन्। बच्‍चन परिवार श्‍वेतवस्त्रमा श्रद्धाञ्‍जली सभामा पैदलै पुगेका छन् भने अमिताभ बच्‍चन पनि अन्तिम श्रद्धाञ्‍जलीका लागि श्मशानघाटमा आउने आशा गरिएको छ।

यस्तै अजय देवगन, काजोल तथा जैक्लिन फर्नांडिस, नील नितिन मुकेश श्रद्धासुमन अर्पणका लागि सभामा पुगेका छन् भने निर्देशकको जोडी अब्बास मस्तान श्रद्धाञ्‍जलिका लागि आइपुगेका छन्। दीपिका पादूकोण, वरिष्ठ अभिनेत्री रेखा पनि सेतो सारीमा श्रद्धाञ्‍जली समारोहमा पुगेकी छन्।

यस्तै डर्टी पिक्चरबाट बलिउडमा चर्चित बनेकी नायिका विद्या वालन रुँदै श्रीदेवीको अन्तिम दर्शनका लागि सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेकी छिन्।

यस्तै संगीतकार तथा गायक अनु मल्लिक, मिक्का सिंह लगायत थुप्रै कलाकारहरुको श्रद्धाञ्‍जली दिन भीड लागेको छ। भारतीय सञ्‍चार माध्‍यमका अनुसार भारतीय समयअनुसार २ बजे श्रीदेवीको अन्तिम शव यात्रा निकालिनेछ।

श्रीदेवीले आफ्नो करियरको सुरुवात सन् १९७९ मा फिल्म ‘सोलवां सावन’ बाट गरेकी थिइन्। तर बलिउडमा उनलाई फिल्‍म ‘हिम्मतवाला’ले चिनायो। उक्त फिल्‍मपछि हिन्दी सिनेमाकी सुपरस्टार अभिनेत्रीको रुपमा चर्चित भइन्। उनले ‘जैसे को तैसा’, ‘जूली’, ‘जस्टिस चौधरी’, ‘जानी दोस्त’, ‘कलाकार’, ‘सदमा’, ‘अक्लमंद’, ‘इन्कलाब’, ‘जाग उठा इंसान’, ‘नया कदम’, ‘मकसद’, ‘तोहफा’, ‘बलिदान’, ‘मास्टर जी’, ‘सरफरोश’,’आखिरी रास्ता’, ‘भगवान दादा’, ‘धर्म अधिकारी’, ‘घर संसार’, ‘नगीना’, ‘कर्मा’, ‘सुहागन’, ‘सल्तनत’, ‘औलाद’, ‘हिम्मत और मेहनत’, ‘नजराना’, ‘जवाब हम देंगे’, ‘मिस्टर इंडिया’, ‘शेरनी’, ‘सोने पे सुहागा’, ‘चांदनी’, ‘गुरु’, ‘निगाहें’, ‘बंजारन’, ‘फरिश्ते’, ‘पत्थर के इंसान’, ‘लम्हे’, ‘खुदा गवाह’, ‘हीर रांझा’, ‘चंद्रमुखी’, ‘गुमराह’, ‘रूप की रानी चोरों का राजा’, ‘चांद का टुकड़ा’, ‘लाडला’, ‘आर्मी’, ‘मि.बेचारा’, ‘कौन सच्चा कौन झूठा’, ‘जुदाई’, ‘मिस्टर इंडिया २’ लगायतमा काम गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?