
जनकपुरधाम-प्रदेश नम्बर २ मा सरकार गठन भएको करिब दुई सातापछि मुख्यमन्त्री लालबाबु राउत गद्दीले मन्त्रीमण्डल विस्तार गरेका छन्। मन्त्रीमण्डल विस्तार भएसंगै बुधवार ४ मन्त्री सहित ३ जना राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन्।
संघीय समाजवादी फोरम-राजपाको गठबन्धनमा बनेको प्रदेश २ को सरकारमा पहिलो चोटी मन्त्रीमण्डल विस्तार भएको हो।
फोरम राजपा गठबन्धनको सरकार रहेको प्रदेश २ मा फोरमबाट ज्ञानेन्द्र कुमार यादवले आन्तरिक मामिला तथा कानुन मन्त्री र शैलेन्द्र साहले भूमी कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन्।
यस्तै, राजपाबाट नवल किशोर साहले समाजिक विकाश मन्त्री र राम नरेश यादवले उद्योग पर्यटन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिएका छन् ।
उहाँहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाएका छन्।
यसैबीच, सरोज सिंहले आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, योगेन्द्र रायले भूमी कृषि तथा सहकारी र उषा यादवले समाजिक विकाश राज्यमन्त्रीको रुपमा सपथ लिएका छन्।
उहाँहरुलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ दिलाएका छन्। फोरमले ३ वटा राज्यमन्त्रीले सिफारिस गरेको छ भने राजपाले अहिले सम्म राज्यमन्त्री पठाएको छैन।