साग महिला फुटबल: सावित्राको ह्याट्रिकसँगै नेपाल फाइनलमा

साग महिला फुटबल: सावित्राको ह्याट्रिकसँगै नेपाल फाइनलमा
+
-

पोखरा– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालले १६ औँ मिनेटमा सावित्राको गोलसँगै अग्रता बनाएको थियो।

सावित्राले खेलको १६ औँ मिनेट, २० औँ मिनेट र खेलको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।

यस्तै सावित्राले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएकी छन्।उनले पूर्वकप्तान अनु लामाको नाममा रहेको कीर्तिमान तोडेकी हुन्।

यसअघि यो कीर्तिमान ३५ गोलसहित नेपाली राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान अनु लामाको नाममा थियो। सावित्राकाे गाेल संख्या ३७ पुगेकाे छ।

नेपालले अब साेमबार स्वर्णपदकका लागि भारतसँग खेल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?