भारोत्तोलनमा संगीताको नयाँ राष्ट्रिय कीर्तिमान, नेपाललाई पहिलो कास्य

भारोत्तोलनमा संगीताको नयाँ राष्ट्रिय कीर्तिमान, नेपाललाई पहिलो कास्य
+
-

पोखरा – नेपालकी संगीता राईले जारी दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भारवहन गर्दै यसअघि करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गरेकी हुन्।

२६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एन्ड जर्कमा ७० गरी कुल १२७ केजी भारवहन गरेकी हुन्। यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भारवहन गर्दै स्वर्ण जितिन्, भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन्। श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन्।

४९ केजी महिलातर्फ भारतले स्वर्ण जितेको छ। प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य हात पार्यो।

भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भारवहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन्। हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सिमित भइन्।

बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन्। उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भारवहन गरेकी हुन्। विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिम्भ बाहेक सबै देशको सहभागिता छ। भुटान पहिलोपटक सहभागी भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?