
अ
+
अ
अ
-
काठमाडौँ- जलपरी गौरिका सिंहले जारी सागमा शुक्रबार अर्को स्वर्ण कब्जा गर्दै नेपाललाई खुसी तुल्याएकी छिन्।
उनले २०० मिटर ब्याक स्ट्रोकमा अर्को स्वर्ण जितेकी हुन्। बिहीबारमात्र उनले पौडीको सिंगल इभेन्टमा पहिलो स्वर्ण जित्दै नेपाललाई गौरवान्दित तुल्याएकी थिइन्।
लन्डनमा बसोबास गर्ने गौरिकाले आफूलाई बाहिर बस्ने भनी अवमूल्यन गर्ने गरिएको स्मरण गर्दै देशका लागि पदक जित्दा खुसी भएको बिहीबार बताएकी थिइन्।
शुक्रबारको स्पर्धामा गौरिकाले २ मिनेट ४१.२६ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमानमा २४ सेकेन्डको सुधार गर्दै २ मिनेट १७.७३ सेकेन्डमा २०० मिटर ब्याक स्ट्रोक पूरा गरेकी थिइन्।
सातदोबाटो पौडी पोखरीमा रहेकी देशसञ्चार फोटो पत्रकार वर्षा शाहका केही तस्बिरहरु:

तस्बिरहरु: बर्षा शाह