
काठमाडौँ- करोडौँ मानिसको मनमा वर्षौसम्म बस्न सफल बलिउडकी ‘चाँदनी’ श्रीदेवीको अन्तिम संस्कार बुधबार राजकीय सम्मानका सम्पन्न भएको छ।
बलिउडका हस्ती कलाकार र हजारौँ सर्वसाधारणको लस्करमा बेहुली बनाएर शवयात्रामा निकालिएकी श्रीदेवीलाई विले पार्लेको पवन हंस श्मशान गृहमा अन्तिम संस्कार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। श्रीदेवीलाई उनका पति बोनी कपूरले मुखाग्नि दिएका थिए।
उनको अन्तिम संस्कारमा अनिल अम्बानी, अनुपम खेर तथा अर्जुन रामपाल सहभागी भए। यस्तै नायिका विद्या बालन आफ्ना पति सिद्धार्थ राय कपुरका साथ अन्तिम संस्कारमा सहभागी भइन्।
श्मशानघाटमा श्रीदेवीलाई हेर्न आउने सर्वसाधारणको भीड लगेको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई लाठीचार्ज समेत गर्नुपरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
Huge crowd outside Vile Parle Seva Samaj Crematorium #Sridevi pic.twitter.com/8mi1anqJcU
— ANI (@ANI) February 28, 2018