
अ
+
अ
अ
-
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गौरिका सिंहले पौडीमा रजत पदक जितेकी छन्।
शनिबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटर व्याकस्ट्रोकमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित रजत जितेकी हुन्।
गौरिकाले यसअघि २०० मिटर फ्रिस्टाइल र २०० मिटर व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्। शनिबार भने उनी स्वर्णबाट चुकेकी हुन्।
गौरिकाले १ मिनेट ०३.१५ सेकेण्डको समयमा दूरी पार गरेकी थिइन्। १ मिनेट ०२.३५ सकेन्डसहित भारतकी मन्ना राजिब पटेलले स्वर्ण जितिन्।