महिला फुटबलमा नेपाललाई हराउँदै भारत समूह विजेता, फाइलनमा नेपालसँगै भिड्ने

महिला फुटबलमा नेपाललाई हराउँदै भारत समूह विजेता, फाइलनमा नेपालसँगै भिड्ने
+
-

पोखरा – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतले अर्को जित निकालेको छ। पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको हो।

चार देश मात्रै सहभागि भएकाले प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइएको थियो। जसमा शनिबार भएको भारत र नेपालबीचको खेललाई ‘प्रिभ्यू म्याच’ का रुपमा हेरिएको थियो।

समूह विजेता र उपविजेता बनेपछि फाइनलमा पनि नेपाल र भारत नै भिड्ने छन्। यद्यपि १ खेलअगावै दुवैले फाइनल यात्रा पक्का गरिसकेका थिए।

भारतकी स्ट्राइकर एन्जी बालादेवीले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। खेल निकै प्रतिस्पर्धात्मक भएपनि बालादेवीको गोल नेपालले फर्काउन नसक्दा समूह उपविजेतामै सीमित हुन पुग्यो।

खेलको १० औँ मिनेटमा सरु लिम्बुले डिबक्स भित्र पाएको राम्रो अवसरलाई बायाँ खुट्टाले प्रहार गर्दा बलले फस्टबार नजिकैबाट बाहिरिएको थियो।

सावित्रा भण्डारी ‘साम्बा’ले भारतविरुद्ध पाएको अवसरलाई गोलमा परिणत गर्न सकिनन्। भारतले उनै साम्बालाई ‘मार्क’ गरेर गोल नदिने रणनीतिमा सफल देखियो।

पहिलो हाफको २० औँ मिनेटमा सावित्रा भण्डारीले हानेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएको थियो। भारतले पाएको थोरै अवसरलाई उनीहरुले खेर फालेनन् र १८ औं मिनेटमा अग्रता लिए।

दोस्रो हाफको ९ औं मिनेटमा नेपाली खेलाडीलाई लडाउँदा भारतका ए रोजा देवीले पहेंलो कार्ड पाएकी थिइन्। डिबक्स छेउमा नेपाली टीमका स्ट्राईकर साम्बालाई लडाएपछि भारतकै अर्का खेलाडी संगीता बासफोरे अर्को पहेंलो कार्ड पाइन्।

दर्शकको हौसलाले साथ पाएको नेपालले खेलमा फर्कन खोजे पनि गोल गर्न भने सकेन। दुवै देश स्वर्ण पदकका लागि सोमबार मैदानमा उत्रिदैछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?