महिला क्रिकेटकाे स्वर्ण बंगलादेशलाई, श्रीलंका २ रनले पराजित

महिला क्रिकेटकाे स्वर्ण बंगलादेशलाई, श्रीलंका २ रनले पराजित
+
-

पोखरा– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै बंगलादेशले स्वर्ण पदक जितेको छ।

आइतबार पोखरा रंगशालामा भएको फाइनलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण हात पारेको हो।

पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९१ रन बनाएको थियो।

बंगलादेशका लागि निगर सुल्तानाले २९, सन्जिदा इस्लाम र फातिमा खातुनले समान १५ तथा मुर्शिदा खातुनले १४ रन बनाए।

९२ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो।

श्रीलंकाका लागि कप्तान हर्सिता माधवीले ३२ र लिहिनी अप्सराले २५ रन जोडे पनि आफ्नो टोलीलाई जित दिलाउन सकिनन्।

नेपाल भने महिला क्रिकेटमा कास्यमा सिमित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?