हुम्लामा अझै आधा दर्जन तुइन सञ्चालनमा

हुम्लामा अझै आधा दर्जन तुइन सञ्चालनमा
+
-

सिमकोट – सरकारले देशलाई नै तुइन मुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लाबासीले भने तुइनको विकल्प पाएका छैनन् । हुम्लामा अहिले पनि आधा दर्जन तुइन सञ्चालनमा छन् ।

कर्णाली नदी माथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरेका कारण हुम्लाबासीलाई जोखिम उठाएरै भएपनि तुइन तर्न बाध्य हुनु परेको हो ।

सुसाउदो कर्णाली नदी माथि लठ्ठामा बाधिएर तुइन तर्नु पर्दा बाँच्ने आशा कमै हुने गरेको भएपनि आजसम्म चलेकै छ । आँखा चिम्म गरेर तर्नुको विकल्प नभएको स्थानीय कुशुम रावलले बताइन् ।

पुल निर्माणको माग गरिए पनि त्यो पुरा नहुँदा जनतालाई तुइन तर्नु बाध्यता रहेको छ । पुलहरु निर्माणका लागि स्थानीय सरकारसँग माग नगरिएको पनि होइन तर कतै सुनुवाई नहुने स्थानीयको गुनासो छ ।

कर्णाली नदीमाथि सर्केगार्ड गाउँपालिका क्षेत्रमा दुई वटा तुइनहरु सञ्चालनमा आएका छन् ।

खार्पुनाथ गाउँपालिका क्षेत्रमा मात्र कर्णाली नदीमाथि चारवटा तुइन सञ्चालन हुँदै आएका छन् । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ बाट पालिका केन्द्र याङ्चु जान पनि तुइन नै तर्नुपर्छ । त्यसमा गाउँपालिका अध्यक्षदेखि अन्य सेवाग्राहीहरु सबैले तुइन नै तर्दै आएका छन् ।

सो स्थानमा तुईन विस्थापन गर्न प्रधानमन्त्री कार्यालयसम्म खबर पुगेपछि झोलुङ्गे पुल निर्माणको योजना परेको छ भन्ने जानकारी भएपनि हालसम्म निर्माण कम्पनीले पुलका सामानहरु ल्याउन सकेको छैन ।

पुल निर्माण गर्न बढी खर्च लाग्ने जनाउदै तुइन विस्थापन कार्यमा स्थानीय सरकारहरुले आनाकानी गरिरहेका छन् । जनतालाई सहज र सुरक्षित सेवा भन्दा पनि बढी लागतका कारण गाउँपालिकाहरु जनताको जिउ माथि नै खेलवाड गरि रहेका देखिन्छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’