मिथिला परिक्रमा आज जनकपुरमा, होली पर्सि

मिथिला परिक्रमा आज जनकपुरमा, होली पर्सि
+
-
जनकपुरधाम-  जनकपुरमा मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन तथा अन्तगृह परिक्रमाका लागि तयारी भइरहेको छ।
अहिले जनकपुरमा परिक्रमाको अवसरमा मगन्तेहरु पनि जनकपुर पुगेर भोलिको लागि तयारी गर्दै छन्।
५ किलोमिटरसम्मको जनकपुर परिक्रमा सडकपेटीमा माग्नेहरु बसिसकेका छन् भने चोकचोक तथा गल्लीहरुमा माग्ने मान्छेहरुको बिगबिगी देखिएको छ।
मिथिलाञ्चलको सबभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा बिहीबार जनकपुर आउने भएकाले यहाँ माग्नेहरुको भीड बढेको हो।
उक्त परिक्रमामा नेपालको थोरै संख्यामा माग्नेहरु जनकपुर आए पनि भारतको विभिन्न ठाउँबाट मगन्तेहरु जनकपुर पुग्छन्।
प्रत्येक बर्ष जनकपुरको परिक्रमा सडकमा होलीको समयमा मगन्तेहरु आफ्नो डेरा जमाएर बस्छन् भने होली सम्पन्न हुने वितिकै उनीहरु यहाँबाट जाने गर्छन्।
जनकपुर धार्मिक तथा साँस्कृतिक इतिहास बोकेको शहर भएकाले पनि यहाँ दानपुण्य गर्नेहरु कम छैनन् भने चाडपर्वहरुमा विभिन्न ठाउँबाट आएका माग्नेहरुलाई दानदक्षिणा दिएर पूण्य कमाउँछन्। साथै परिक्रमामा सहभागी भएकाहरुलाई सहयोग गर्न विभिन्न ठाउँहरुमा शिविर समेत सञ्चालन गरिएको छ।
जनकपुरमा होली शनिबार
जनकपुरमा शुक्रबार अन्तगृह परिक्रमा भइसकेपछि पर्सि शनिबार होली पर्व मनाइने छ।
अन्य भेगमा भोलि नै होली मनाउने भएपनि जनकपुरमा शनिबार होली मनाइने छ। मिथिला पञ्चांग अनुसार पूर्णिमा शनिबार ६ बजे बिहान सम्म रहेको र परापूर्वकालदेखि नै मिथिलामा जुन तिथिमा सूर्यउदय हुन्छ, त्यही तिथिमा पर्व मनाउने परम्परा भएकाले शनिबार नै होली मनाइने पण्डित विद्यानन्द झाले बताएका छन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?